शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई विद्येयक सदनमा पेश

सोमबार, ०६ जेठ २०७६, १५ : २५
सोमबार, ०६ जेठ २०७६

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधिसभाको आजको बैठकमा ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ प्रस्तुत गरे ।  

विधेयक प्रस्तुत गर्दै मन्त्री यादवले उच्च आर्थिक वृद्धिदर हासिल गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नुपर्ने र वैदेशिक लगानी आर्कर्षित गर्नका लागि उक्त विधेयक आवश्यक रहेकाले सदनमा पेश गरिएको जानकारी दिए । 
  
मन्त्री यादवले सदनमा पेश गर्नुभएको विधेयकका सम्बन्धमा सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ पेश हुँदा बहुमत सदस्यले अस्वीकृत गरेको थियो । 
  
त्यस्तै गृहमन्त्री रामबहादुर थापाले ‘प्रहरी समायोजना विधेयक,२०७५’ सदन समक्ष पेश गरे । नेपालको संविधानको धारा ३०२ को उपधारा दुई अनुसार सदन समक्ष उनले सो विधेयक पेश गरे । 

 विधेयकका सन्र्दभमा सदनलाई जवाफ दिदैं मन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रहरी समायोजना गर्नुपर्ने भएकाले सो विधेयक आवश्यक रहेको जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप