जलेश्वर अस्पतालमा कुकुरको टोकाइका घाइते बढे
महोतरी–महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकाइका घाइते बढेका छन् । उक्त अस्पतालको आकस्मिक कक्षका अनुसार अहिले दैनिक एक दर्जन कुकुरले टोकेका घाइते उपचारका लागि आउने गरेका छन् ।
डा.मृत्युञ्जयकुमार ठाकुरका अनुसार बढ्दो गर्मीसँगै कुकुर असामान्य हुने र तिनको सम्पर्कमा जाने जो केहीलाई टोक्ने भएकाले जिल्ला अस्पतालमा दिनदिनै कुकुरले टोकेका घाइतेको चाप बढेको हो ।
जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाको विभिन्न गाउँठाउँबाट कुकुरले टोकेका घाइते आउनाका साथै जलेश्वर अस्पतालमा भारतीय क्षेत्रका प्रभावित व्यक्तिसमेत उपचारका लागि आउने गरेका अस्पतालका प्रमुख डा.राजीव झाले बताए । उनका अनुसार अप्रत्यासितरुपमा कुकुरले टोकेका घाइते बढेपछि अहिले त्यस्ता व्यक्तिलाई चिकित्सकले विशेष सेवा दिइरहेका छन् ।
अस्पतालमा कुकुरले टोकेका प्रत्येक घाइतेलाई रेविज लाग्न नदिन घाउको अवस्थाअनुसार जनही तीनदेखि पाँच भाइल (डोज) प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिनुपरेको जिल्ला प्रमुख झाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा