शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के कपिल शर्मा बुवा बन्नै लागेका हुन् त ?

सोमबार, ०६ जेठ २०७६, १३ : १२
सोमबार, ०६ जेठ २०७६

भारतीय हास्यकलाकार कपिल शर्मा आजकाल आफ्नो कार्यक्रम ‘द कपिल शर्मा शो’ का लागि व्यस्त छन् । कपिल शर्मा आफ्नो व्यवसायिक जीवनमा त सफल भइरहेका छन् । यसका साथै उनको नीजि जीवन पनि फल्ने फुल्ने क्रम जारी रहेको भारतीय संचार माध्यमले जानकारी दिएका छन् ।

भारतीय समाचार एजेन्सीका अनुसार कपिलकी श्रीमती गिन्नी चतरथ गर्भवती छिन् । यद्यपी, यसबारे कपिल शर्मा र उनका परिवारबाट कुनै आधिकारिक बयान सार्वजनिक भएको छैन । तर धेरैले उनीहरुको घरमा नयाँ पाहुनालाई स्वागतको तयारी सुरु भइसकेको बताइरहेका छन् ।

कपिलले १२ डिसेम्बर २०१८ मा साथी गिन्नी चतरथसँग विवाह गरेका थिए । विवाहकाा बेला बलिउडका थुप्रै सेलिब्रिटीको उपस्थिती थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप