शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्कूट एयरवेजको विमान चेन्नाईमा आकस्मिक अवतरण

सोमबार, ०६ जेठ २०७६, १३ : १०
सोमबार, ०६ जेठ २०७६

चेन्नाई– सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको विमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।  विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले विमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन् ।

उक्त विमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो । बिमानमा १६१ जना यात्रु र चालक दलका सदस्यहरु सवार थिए । विमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ ।
विमानमा देखिएको समस्याका बारेमा अनुसन्धान शुरु भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप