नेवा: सुन्दरीले बाले लाखबत्ती
काठमाडौं– १४ औं संस्करणको ‘मिस नेवाः–११३९’का प्रतियोगी प्रशिक्षणमा जुटेका छन् । प्रशिक्षणको पहिलो दिन उनीहरुले लाखबत्ती बालेका छन् । ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा प्रतियोगिताका प्रतिस्पर्धिहरुले पूजा गर्दै सामुहिक रुपमा लाखबत्ती बालेका हुन् ।
नेप्लीज फेसन होम आयोजक रहेको ‘मिस नेवा :’ नेवार समुदायका युवतीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगीता हो । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक आदि जिल्लाका २० युवतीहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगिताले अहिलेको पुस्ताका प्रतिस्पर्धिहरुलाई नेवार भाषादेखि संस्कृति सिकाउन ठुलो मद्दत पुर्याउने आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताएकी छिन् ।
छनोट भएका प्रतिस्पधीहरूको मनोविज्ञानको विकास गर्नका लागि राजधानी बाहिर केही जिल्लाको स्थलगत भ्रमण, नेवारहरूको जातीय पहिचान, संस्कृति र परम्पराको जगेर्ना तथा भाषा उत्थानलगायत विभिन्न विषयमा प्रशिक्षण दिइरहेको छ । प्रशिक्षणकै क्रममा प्रतिस्पर्धिहरुले नेवारी खाना बनाउने छन् भने आ–आफ्नो प्रतिभा प्रस्तुत गर्न ट्यालेन्ट शोमा पनि सहभागि हुने छन् ।
रोजिन शाक्यद्वारा कोरियोग्राफी गरिने यो प्रतियोगिताको ग्राण्ड फिनाले जेठ ३२ शनिवार कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा
-
ऐसले फर्निचर शोरुम अब नेपालमा
-
३३ जनाले लिए काठमाडौँ महानगरभित्रका अस्पतालबाट निःशुल्क उपचार सेवा
-
‘पुजार सार्की’को गीत ‘दर्शन गरेँ‘मा आर्यन, प्रदीप र पलको कौडा नृत्य
-
राजेन्द्र लिङ्देनलाई बालेनले तोके जरिवाना
-
म्यान्माको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु, ८ घाइते