मेयर रेणुको निर्णयः भरतपुर अस्पतालमा महिलालाई ओपीडी टिकट निःशुल्क (भिडियोसहित)
चितवन– चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले पदभार ग्रहण गर्दै महिला हितका विषयमा पहिलो निर्णय गरेकी छन् । आइतबार साँझ ७ बजे महानगरपालिकाको कार्यालयमा पदभार ग्रहण गर्दै उनले भरतपुर अस्पतालमा महिला बिरामीका लागि ओपिडी टिकट निःशुल्क गर्ने निर्णय गरेकी हुन् ।
भरतपुर अस्पतालमा वार्षिक ३ लाख बिरामी आउने गरेकोमा ५५ प्रतिशत महिला आउने गरेको आँकडा रहेको महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।
यसका लागि महानगरपालिकाले ६० देखि ६५ लाख सम्मको खर्च अस्पताललाई भुक्तानी गर्नेछ । भरतपुर अस्पतालमा यो टिकटको ३० रुपैयाँ पर्छ भने जेष्ठ नागरिकलाई १५ रुपैयाँ पर्छ ।
जेष्ठ नागरिकलाई पनि निःशुल्क टिकट
जेष्ठ नागरिकलाई पनि ओपिडि अर्थात बहिरंग उपचार सेवामा निःशुल्क टिकट दिने निर्णय गरेकी छिन् । यो सेवा भरतपुरबासीका लागि मात्र नभएर भरतपुर अस्पताल जाने जो कोहीले पनि यो सुविधा पाउने भएका हुन् ।
यस्तै उपप्रमुख पार्वती शाह ठकुरीले स्वास्थ्यमा पहुँच नपुगेका बालबालिका र महिलाका लागि आवश्यक पर्ने खोपहरु लगाँउन र स्वास्थ्यको पहुँच पुर्याउन गाँउघर क्लिनिकको बिस्तार गर्ने निर्णय गरेकी छिन् ।
अपराह्न प्रमुख निर्वाचन अधिकृतबाट पद तथा गोपनीयताको सपथ लिएपछि साँझ ७ बजे महानगरपालिका कार्यालय पुगेर दाहाल र शाहले महिला हितसँग सम्बन्धित पहिलो निर्णय गरेका हुन् ।
हेर्नुहोस भिडियो:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानलाई रोक्न नियमन आयोगले दिएको निर्देशनले सरकारलाई ४० करोड घाटा
-
अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु हो : मन्त्री भण्डारी
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग