केन्द्रीय संस्करण
प्रेरणा

यस, वी क्यान !

असफलतासँग जुधेर सफल बनेकाहरुको कथा

person explore access_timeजेठ ६, २०७६ chat_bubble_outline0

‘निराशावादी व्यक्ति हरेक अवसरमा समस्या देख्छ तर आशावादी व्यक्ति भने हरेक समस्यामा अवसर देख्छ ।’ बेलायती पूर्वप्रधानमन्त्री विन्सिटर्न चर्चिलको यो भनाइ झट्ट सुन्दा राम्रो लागे पनि आदर्श जस्तो लाग्छ तर कतिपय मान्छेले भने आफ्ना जीवनका समस्यासँग जुधेर ती समस्यालाई अवसरमा परिणत गरी उदाहरणीय बनेका छन् ।

तत्कालीन समयमा प्रचलित मूल्य मान्यता विरुद्ध उभिएर पनि कतिपय मानिसहरुले आफ्नो जीवनलाई सफल बनाएका छन् । समाजले झिना मसिना तथा हेयका दृष्टिले हेर्ने कामलाई नै अँगालेर हरेक काम सम्मानित हुन्छ र सानो वा ठूलो हुन्न भनेर प्रमाणित गरेर देखाएका छन् ।

आजको विश्वमा ठूला भनिएका काम पनि यस्तै साना कामबाट थालनी भएका प्रशस्त उदाहरण छन् । अझै पनि हाम्रो समाजमा कामको स्तर छुट्याउने प्रचलन कायम नै छ । आयुषी केसी यस्तै एक व्यक्ति हुन्, जसले आज पनि धेरै मानिसले तुच्छ ठान्ने पेसालाई सम्मानित बनाउन योगदान गरेकी छिन् ।

आयुसी केसी अहिले खालीसिसी कम्पनीको सीईओ हुन् । आज पनि चोक र गल्लीमा खाली सिसी भन्ने आवाज प्रशस्त सुनिन्छ । उनले पनि त्यो आवाज सुनिरहन्थिन् । एक दिन अचानक यसरी एक एकजनाले गल्लीगल्लीमा  डुलेर खाली सिसी जम्मा गर्नुभन्दा सामूहिक रूपमा कम्पनी चलायो भने व्यावसायिक रूपमा पनि सफल हुने र पेसा पनि व्यवस्थित हुने गरी कम्पनी दर्ता गर्ने एउटा आइडिया उनको दिमागमा फुर्याे ।


कम्पनी दर्ता गर्न उद्योग मन्त्रालयमा गइन् । उनका कुरा सुनेर मन्त्रालयका कर्मचारी हाँसे । यहाँ होइन एनजीओमा जाऊ, पैसा आउन पनि सजिलो हुन्छ भने तर उद्योग दर्ता गराएरै छाडिन् ।


 तर त्यो काम भनेजस्तो सजिलो थिएन । अब उनलाई सिसी बोतल जम्मा गर्ने मान्छे खोज्नु थियो । बाटा बाटामा बसेर सिसी बोतल बटुल्ने मान्छे खोजिन् तर भेटिनन् । एक दिन एकजना मान्छे सिसी बोतल भन्दै आफ्नो घर आइरहेको देखिन् । उनको नाम थियो– रामसागर । उनलाई आफ्नो घरमा बोलाइन् र सबै कुरा सुनाइन् । तर रामसागरले भने ‘सर खोई त ? तपाईं त केटी मान्छे, गर्न सक्नुहुन्छ ?’  केसी भन्छिन्– ‘हाम्रो समाजमा महिलाले मात्र काम गर्न सक्छे भन्ने धारणा बसाउन धेरै गाह्रो छ ।’ अन्ततः रामसागरलाई विश्वस्त गराएरै छाडिन् । उनीसँग जोडिएपछि रामसागरले आफूले पहिले जति कमाएका थिए, त्योभन्दा सात हजार बढी कमाए पहिलो महिनामै । उनी भन्छिन्, ‘रामसागरले बढी कमाएको सातै हजार पैसाले आफ्ना छोराछोरीलाई खेलौना लगिदिन्छु भने । त्यो समयमा  मेरो मन भरिएर आएको थियो ।’

कम्पनी दर्ता गर्न उद्योग मन्त्रालयमा गइन् । उनका कुरा सुनेर मन्त्रालयका कर्मचारी हाँसे । यहाँ होइन एनजीओमा जाऊ, पैसा आउन पनि सजिलो हुन्छ भने तर उद्योग दर्ता गराएरै छाडिन् । त्यतिबेलाको कुरा स्मरण गर्दै उनी भन्छिन्, ‘मलाई कम्पनी दर्ता गर्दा उद्योग मन्त्रालयका कर्मचारीहरुले कवाडीवालीको कम्पनी दर्ता गरियो भनेका थिए । तर कवाडीवालीभन्दा पनि म खुसी भएकी थिएँ । किनकि मेरो सपना पूरा हुने बाटोतिर थियो ।’

उनको कम्पनीले नयाँ दिशा लिँदै थियो । उनी एउटा कोठा लिएर अफिस खोलिन् । उनी सिसी बोतल बटुल्ने मान्छेहरुसँग मिटिङ गर्थिन् । अरूले ‘ऊ आयुषीको मिटिङमा भैयाहरु आए,’ भन्थे तर पछि तिनै हेप्ने मानिसले सम्मान गर्न थाले । उनी भन्छिन्, ‘हामीले सबैलाई कामले जित्ने हो । पछि त्यही कामले हामीलाई सम्मानित बनाउँछ ।’

अहिले उनको कम्पनीमा ३ सयभन्दा बढी मान्छे काम गर्छन् । ती मानिसहरु काठमाडौँका विभिन्न ठाउँमा छरिएर रहेका छन्, जसले मेरो घरमा खाली सिसी छ भन्छन्, उनीहरु लिनलाई त्यहीँ जाने गर्छन् ।

त्यस्तै सङ्घर्षका बीच पनि आफ्नो पहिचान बनाउन कमला श्रेष्ठ सफल छिन् । आठ कक्षामा पढ्दा पढ््दै अन्तरजातीय विवाह भयो । अन्तरजातीय विवाह गरेपछि न घरमा स्वीकार गरे न माइतीमा । विवाह भएपछि पढेर उनले स्नातकोत्तर पूरा गरिन् । थाइल्यान्ड जाने अफर आयो । उतै उनले ब्युटी ट्रेनिङ गरिन् ।

नेपाल फर्किपछि २०३६ सालबाट उनले पार्लर सुरु गरिन् । उनको पार्लरमा राणा र शाही परिवारका मानिस आउँथे । त्यतिबेला काठमाडौँमा तीन चारवटा मात्र पार्लर थिए । सैलुन चलाउने भनेको सानो जातको मानिसले गर्ने काम भनेर उनका ससुराले उनले छोएको पानी दुई महिनासम्म खाएनन् । ‘ससुराले अन्तिम अवस्थामा तैले जितिस्, मैले हारँे भनेर हात जोड्नुभएको थियो’, उनी भन्छिन्, ‘मलाई आफ्नै जीवनमा भोगेका कुराले नै शक्ति दियो ।’


१७ वर्षको उनको छोराको सडक दुर्घनामा मृत्यु भयो तर उनले आफूलाई कमजोर बनाइनन् । भन्छिन्, ‘आँशुले मान्छेलाई गलाउँछ । त्यसपछि मैले झन् आफूलाई व्यस्त राख्न थालेँ । बिहान नौ बजेदेखि साँझ नौ बजेसम्म काम गर्न लागेँ । मैले मेरो दिमाग छोराको मृत्युमा लगाएको भए यो अवस्थासम्म आउन सक्ने थिइनँ ।’


२०४२ सालमा नेपाल टेलिभिजन स्थापना भयो । त्यतिबेला उनलाई कार्यक्रम सञ्चालन गर्न भनियो । उनी भन्छिन्, ‘नेपाल टेलिभिजन शृङ्गार कार्यक्रम चलाउने पहिलो महिला म नै थिएँ ।’ उनले त्यहाँ २० वर्ष काम गरिन् ।

उनले सीटीभीटी अन्तर्गतको एउटा ट्रेनिङ संस्था पनि खोलेकी छन् । चार जना विद्यार्थीबाट सुरु गरेको त्यो संस्थाबाट अहिले ५ हजारभन्दा बढी विद्यार्थी दक्ष बनेर निस्किसकेका छन् ।

उनी ३२ देशमा गएर ट्रेनिङ लिइसकेकी छन् । कराँते र बाइक राइडिङमा पनि उनको दक्षता छ । उनी खेलकुद परिषद्बाट सम्मानित भइसकेकी छिन् ।

१७ वर्षको उनको छोराको सडक दुर्घनामा मृत्यु भयो तर उनले आफूलाई कमजोर बनाइनन् । भन्छिन्, ‘आँशुले मान्छेलाई गलाउँछ । त्यसपछि मैले झन् आफूलाई व्यस्त राख्न थालेँ । बिहान नौ बजेदेखि साँझ नौ बजेसम्म काम गर्न लागेँ । मैले मेरो दिमाग छोराको मृत्युमा लगाएको भए यो अवस्थासम्म आउन सक्ने थिइनँ ।’

त्यस्तै, फाउन्डर अफ दुल्ला सुजबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल छन्– अहमद दुल्ला ।

दुल्लालाई सानोमा पढ्न मन लाग्दैनथ्यो । सबै बच्चाहरु ठूलो भएपछि डाक्टर, पाइलट र इन्जिनियर बन्न्ने सपना देखेका हुन्छन् तर उनले ट्याक्सी ड्राइभर बन्ने सपना देख्ने गर्दथे । किनकि ट्याक्सी ड्राइभर बन्न पढ्नु पर्दैनथ्यो । ४ र ७ कक्षामा उनी फेल भएका थिए । अरू कक्षामा पनि झुन्डिएर पास भएका थिए । गणितका साधारण कुरा पनि उनी बुझ्दैनथे ।


एक दिन जुत्ताको डिजाइन बनाएर हाकिमलाई देखाए । हाकिमले उनको जुत्ताको डिजाइन फोहोरमा लगेर फाल्ने सुझाव दिए । त्यही जुत्ता फेसबुकमा फोटो खिचेर राखे । एकैछिनमा उनको जुत्ताको माग बढ्यो ।


क दिन उनले गुगलमा हुमानिटिज पढेको विद्यार्थीले के काम गर्ने भनेर खोज्दै थिए । खोज्दै जाँदा देखे जुत्ता बनाउने कार्स बारे । विदेश पढ्न जानेबारे सबैलाई भने उनले । सबैले अब बाटोमा जुुत्ता सिएर बस्ने भयो, फोहोरी काम गर्ने भयो भनेर हाँस्न थाले । पढ्न विदेश गए । विदेशको पढाइ सकिएपछि नेपालमा जागिरको लागि विभिन्न कम्पनीमा निवेदन दिए तर सबै कम्पनीले तपाईं धेरै योग्य हुनुहन्छ, हाम्रो कम्पनीले तपार्इंलाई पैसा दिन सक्दैन भने ।

एक दिन जुत्ताको डिजाइन बनाएर हाकिमलाई देखाए । हाकिमले उनको जुत्ताको डिजाइन फोहोरमा लगेर फाल्ने सुझाव दिए । त्यही जुत्ता फेसबुकमा फोटो खिचेर राखे । एकैछिनमा उनको जुत्ताको माग बढ्यो ।

नेपाल आएर के गर्ने सोचिरहेका थिएँ । उनी भन्छन्, ‘एक दिन बुबासँग सल्लाह माग्दै थिएँ । मेरो हातमा बुबाले २.५ लाख ल्याएर राखिदिनुभयो । त्यति धेरै रकम पहिलो पटक मेरो हातमा आएको थियो ।’

उनले त्यही पैसाबाट सानो व्यापार सुरु गरेँ । अहिले लबिङ मल, दरबार मार्ग, कमल पोखरी र पोखरामा उनको व्यापार छ । उनी भन्छन्, ‘थेउरी पढेर मात्रै केही हुँदैन । मैले जुत्ता बनाउने काम असी प्रतिशत प्राक्टिकल र बीस प्रतिशत थेउरी भएको कारण नै रोजेको हुँ । आफ्नो आशा र भरोसालाई मर्न दिनुहुँदैन ।’

आईसी कलेज अफ आर्ट एन्ड फेसनले आयोजना गरेको ‘यस, वी क्यान’ कार्यक्रममा माथिका वक्ताहरुले आफ्ना अनुभव सुनाएका थिए ।

सबै तस्विरहरु फेसबुकबाट

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...