बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी एयरलाइन्सहरुलाई कालोसूचीमा राख्न नागरिक उड्डयन प्राधिकरणको निर्देशन

सोमबार, ०६ जेठ २०७६, ०८ : ५६
सोमबार, ०६ जेठ २०७६

संघीय संसदको सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बक्यौता नतिर्ने विदेशी विमान कम्पनीलाई कालोसूचीमा राख्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । 

प्राधिकरणका अधिकारीहरुले आफूहरुले लामो समयदेखि बक्यौता उठाउन पहल गरे पनि नसकेको बताएपछि समितिको आइतबार बसेको बैठकले उक्त निर्देशन दिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन् । 

एयर एसिया र एयर इन्डियालगायतका अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले प्राधिकरणलाई करोडौँ रुपैयाँ बक्यौता तिर्न अटेर गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप