कालिका र पप्पु कन्सट्रक्सनले कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने
सोमबार, ०६ जेठ २०७६, ०८ : ०८
मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्र्याइँ गरेको आरोप लागका ठेकेदार कम्पनी सिटिसिई कालिका र पप्पु कन्सट्रक्सनले अब कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।
सरकारले हालै संसोधन गरेको सार्वजनिक खरिद नियमावलीले अदालतमा मुद्दा परेका ठेकेदार कम्पनीलाई ठेक्का प्रक्रियामा सहभागी नबनाउने नियम बनाएसँगै यी दुई कम्पनीले प्रतिस्पर्धा गर्न नपाउने भएका हुन् ।
राम्रो काम नगरेको आरोपमा यी दुवै कम्पनीको मुद्दा अदालतमा विचाराधीन छ । कालिका र पप्पुजस्तै अदालतमा मुद्दा परेका अन्य कम्पनीले पनि अब ठेक्का प्रक्रियामा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु