शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हामी इरानसँग युद्धका लागि तयार छौंः साउदी अरब

सोमबार, ०६ जेठ २०७६, ०८ : ०३
सोमबार, ०६ जेठ २०७६

बीबीसी

गत मंगलबार साउदी अरबको प्रतिष्ठित तेल पाइपलाइनमा हवाई हमला गरिएको थियो । यसको जिम्मेवार यमनमा सक्रिय हुती विद्रोहीलाई मानिएको थियो ।

साउदी अरबले यी हमलाका लागि इरानमाथि आरोप लगाउँदै इरानको आदेशपश्चात् उक्त हवाई हमला गरिएको दाबी गरेको छ ।

दुई दिनअघि मात्रै साउदी अरबको तटमा भएका दुई तेल ट्याङ्कर र चार जहाजमाथि पनि क्षती पुर्‍याइएको थियो ।

शंका गरिएपनि यीमध्ये कुनै पनि हमला आफूले नगरेको स्पष्टिकरण इरानले दिएको छ ।

इरान र अमेरिका परमाणु सन्धिबाट हटेपछि मध्य–पूर्वमा अमेरिकी सेनाको संख्या बढाइएको छ जसका कारण मध्य–पूर्वमा पहिले देखि नै अस्थिरता छाएको छ ।

साउदी अरबका विदेशमन्त्री अदेल अल–जुबैरले एक पत्रकार सम्मेलनमा भने, ‘साउदी अरब यो इलाकामा कुनै पनि संघर्ष चाहँदैन ।’

‘हामी युद्धको आशंकाबाट बच्नका लागि हरसम्भव कोसिस गर्न तयार छौं । तर यदि हामीलाई युद्धका लागि उक्साइयो भने हामी त्यसको तगडा जवाफ दिन पनि तयार छौं ।’

खाडी देशको आपतकालीन बैठक:

आइतबार साउदी अरबका राजा सलमानले खाडी र अरब देशका नेतालाई ३० मे मा मक्कामा एक आपतकालीन बैठकका लागि निम्तो पठाएका छन् । उक्त बैठकमा यी हमलाको नतिजामाथि चर्चा गरिने बताइएको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयले एक बयान जारी गर्दै अरब र खाडी मुलुकमा पैदा भएको ताजा स्थितीको सामना सबै मिलेर गर्नुपर्ने बताइएको छ ।

यसैबीच साउदी अरबको सुन्नी सहयोगी देश संयुक्त अरब इमिरेट्सले तेल ट््याङ्करमाथि भएको हमलाका लागि कसैमाथि आरोप लगाएको छैन ।

तर अमेरिकी सरकारका दुई स्रोतले अमेरिकी अधिकारीले इरानले उक्साएपछि हुती समूह र इराकस्थित शिया चरमपन्थीले उक्त हमला गरेको मान्यता राखेको जानकारी दिएको छ ।

हुती विद्रोहीको सुप्रिम रिभोल्यूशनरी कमिटीका प्रमुख मोहममद अली अल–हुतीले साउदी अरबको तर्फबाट बोलाइएको अरब शिखर सम्मेलन खारेज गरेका छन् । उनले ट्वीटरमा पोष्ट गरेका छन्, ‘उनीहरुले युद्ध र क्षतीको समर्थन मात्र गर्न  जानेका छन् ।’

साउदी युवराजको अमेरिकासँग कुराकानीः

इरानका विदेशमन्त्री जावेद जरिफले कुनै प्रकारको युद्धको आशंकाबाट अस्विकार गरेका छन् । उनका अनुसार इरान कुनै पनि देशसँग संघर्ष चाहँदैन र कुनै पनि देशले इरानमाथि हमला गर्नसक्छु भनेर सपना देख्न नहुने बताएका छन् ।

इरानको रिभोल्युशनरी गार्डस्ले पनि यही शब्दलाई दोहोराएका छन् ।

अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध थप कडा गरेको छ । यसो गरेर अमेरिका इरानको तेल निर्यात पूर्ण रुपमा बन्द गर्न चाहन्छ ।

यसका साथै अमेरिकाले खाडीमा भएका आफ्ना सैन्य शक्तिलाई पनि बढाएको छ । अमेरिकाका अनुसार खाडीमा भएका अमेरिकी बलमाथि  इरानको तर्फबाट खतरा बढेको छ ।

साउदीका युवराज मोहम्मद बिन सलमानले यसबारे अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग फोनवार्ता गरेका छन् । यसबारे साउदीको सूचना मन्त्रालयले आइतबार एक ट्वीटमार्फत् जारी गरेको हो ।

साउदीका विदेशमन्त्री अदेल अल–जुबैरले भने, ‘हमला इलाकामा शान्ति र स्थितरता चाहन्छौं तर यसको अर्थ यो होइन कि इरानले हामीमाथि हमला गर्छ भने हामी हात बाँधेर भने बस्नेछैनौं ।’

उनका अनुसार अब बल इरानको पोलमा छ र अब इरानले के चाहन्छ उसैले निर्णय गर्नेछ ।

उनले समुन्द्रमा फसेका इरान तेल ट्याङ्करका चालक दलका सदस्य अहिले पनि साउदी अरबमा भएको र उनीहरुको पूर्ण हेरबिचार गरिएको जानकारी दिए । उनका अनुसार ट्याङ्करको इन्जिन खराब भएको थियो । चालक दलमा २४ इरानी र दुई बंगलादेशी नागरिक छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप