केन्द्रीय संस्करण

अवैध उल्खननको असरः मानवबस्ती उच्च जोखिममा

person explore access_timeजेठ ६, २०७६ chat_bubble_outline0

सिरहाको धनगढीको नगरपालिका–८ मा खानीको नाममा भइरहेको अवैध उल्खननले मानवबस्ती विस्थापनको जोखिममा परेको छ । मानवबस्ती पर्वाह नगरी भइरहेको तीव्र उत्खननका कारण ६ टोलका मानवबस्ती विस्थापनतर्फ उन्मुख भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् । 

धनगढी–८ महुलियाटोलका ६३ वर्षीय विश्वनाथ यादव चार पुस्तादेखि बस्दै आएको थातथलो छोडेर भाग्नुपर्ने अवस्था आएकोमा दुःखी छन् । 

‘बस्तीका चारेतिर ठूलाठूला खाल्डो खनेर गिट्टीबालुवा झिक्दा गाउँबस्ती उजाड हुन थाले,’ उनी भन्छन्,‘अब सिडिओलाई भेटेर कि उत्खनन रोक्नुस् कि अन्यत्र बस्ती सारिदिनुस् भन्ने हो ।’ स्थानीय सरकार आएपछि निमुखा जनतालाई सहायता पुग्ने सोचेको थिए यादवले । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.