बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तिम खेलमा पनि हार्यो रियल

आइतबार, ०५ जेठ २०७६, २२ : १४
आइतबार, ०५ जेठ २०७६

एजेन्सी- स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा पनि रियल म्याड्रिड पराजित भएको छ । घरेलु मैदानमा आइतबार बेलुका भएको खेलमा रियल म्याड्रिड रियल बेटिससँग २—० गोलले पराजित भएको हो । जारी सिजन खराव नतिजाबाट गुज्रिएको रियलले अन्तिम खेलमा पनि उही नियती भोग्यो । रियललाई घरमा हार चखाउन बेटिसका लोरेन मोरोन र जेसेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

बेटिसका मोरोनले ६१औं मिनेटमा खाता खोले । दोस्रो गोल जेसेले ७५औं मिनेटमा दोस्रो गोल गरेका थिए । पहिलो हाफमा औसत खेल खेलेको रियल दोस्रो हाफमा दबाबमा परेको थियो । हारसँगै रियलले तेस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । रियलले ३८ खेलबाट ६८ अंक बनाएको छ । दशौं स्थानमा रहेको बेटिसले ५० अंक बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप