शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिशु बुद्धलाई कपिलवस्तु भित्र्याइयो

आइतबार, ०५ जेठ २०७६, २१ : ३०
आइतबार, ०५ जेठ २०७६

कपिलवस्तु-बुद्ध जयन्तीको दोस्रो दिन आज लुम्बिनीमा जन्मिनुभएका शाक्यमुनि बुद्धलाई शिशु बुद्धका रुपमा बाजागाजाका साथ रथयात्रासहित उनको गृहनगर कपिलवस्तु भित्र्याइएको छ । 

कपिलवस्तु राज्यबाट माइतीघर देवदह जाँदै गर्दा लुम्बिनी बगैँचामा मायादेवीको कोखबाट शाक्यमुनि बुद्धको जन्म भएको र नवजात शिशु बुद्धलाई तत्कालीन अवस्थामा राजा शुद्धोधनले बाजागाजाका साथ गृह राज्य कपिलवस्तु ल्याएको स्मरण गर्दै आज कपिलवस्तुमा शिशु बुद्धलाई भित्र्याइएको हो । रथलाई सजाएर शिशु बुद्धको धातुको मूर्ति राखेर यात्रा गरिएको हो । तिलौराकोट दरबार क्षेत्रबाट करीब दुई सय मोटसाइकल, रथ, गाडी तथा बाजागाजाका साथ निस्केको ¥यालीले लुम्बिनीबाट शिशु बुद्धलाई तिलौराकोट दरबारमा भित्र्याएको थियो । 
 
गौतम बुद्धका पिता राजा शुद्धोधन र माता मायादेवीको साङ्केतिक रुपधारण गरी रथ यात्रा गरेर कपिलवस्तुमा बुद्ध जन्मोत्सव मनाइएको हो । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राजा शुद्धोधन, रानी मायादेवी र शिशु बुद्धलाई तिलौराकोट दरबार क्षेत्रमा स्वागत गरेका थिए । बुद्ध जयन्तीको कार्यक्रमलाई थप भव्य बनाउन र आन्तरिक तथा बाह्य पर्यटकको लुम्बिनी कपिलवस्तु बसाइलाई लम्ब्याउन महोत्सव निकै फलदायी हुने अपेक्षा गरिएको मुख्यमन्त्री पोखरेलले बताए । 

सो अवसरमा शाक्यमुनि बुद्धको मावली देवदहबाट देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री र रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले ल्याएको कोसेली कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले ग्रहण गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप