शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एउटै सडकमा दुुई निकायको लगानी, आर्थिक अनियमितताको आशंका

आइतबार, ०५ जेठ २०७६, २० : ३२
आइतबार, ०५ जेठ २०७६

रौतहटको पश्चिमीभेग फतुुआ विजयपुर नगरपालिकास्थित एउटै सडकमा दुुई निकायको लगानी भइरहेको पाईएको छ ।

संघीय सडकमा स्थानीय तहको लगानी देखेर सडक निर्माणको नाममा आर्थिक अनियमितता हुने स्थानीयहरुले आशंका गरेका छन् ।

मौलापुर नगरपालिका–१ मर्यादपुरदेखि फतुुआ विजयपुुर २ सितलपुर हुँदै मेवासम्म जाने बाटो निर्माणमा संघीय लगानी र फतुुआ विजयपुर नगरपालिकाको लाखौंको लगानी भइरहेको पाइएको हो । 

क्षेत्र ३ का संघीय सांसद पुुर्वमन्त्री प्रभुु साहको पहलमा भइरहेको विकास निर्माणको कामको आइतवार क्षेत्रको अनुुगमनको क्रममा उक्त बाटो निर्माणमा शहरी विकास मन्त्रालय र फतुुआ विजयपुरको दोहरो लगानी भइरहेको सघन शहरी तथा भवन निर्माण डिभिजन वीरगञ्जका प्रमुख राजेन्द्र खतिवडाले बताए ।

प्रमुख खतिवडाका अनुसार उक्त बाटो निर्माणको लागि शहरी विकास मन्त्रालयबाट साढे दुुई महिनाअघि  एक करोडको टेण्डर आव्हान गर्दा ८५ लाखमा आरके निर्माण सेवाले साकार गरी निर्माण प्रक्रिया बढाएको थियो ।

हाल फतुुआ विजयपुरका मेयर गोपाल यादवले पुुन त्यसै बाटो निर्माणको लागि नगरपालिकाबाट ८५ लाखको लागतमा उपभोक्तामार्फत काम गराउन थालेको सघन शहरी भवन निर्माण आयोजना प्रमुख खतिवडाले जानकारी गराए ।

एउटै सडक निर्माणमा  दोहरो लगानीबारे मेयर यादवलाई त्यसो नगर्न आफूले मोबाईल फोनमार्फत जानकारी गराइसकेको उनको भनाई छ ।

अनुुगमनमा रहेका रौतहटका सिडिओ किरण थापाले सडक निर्माणमा दोहरो लगानी नगर्न मेयर यादवलाई लिखित पत्र पठाउन शहरी विकास कार्यालय वीरगञ्जका प्रमुख राजेन्द्र खतिवडालाई निर्देशन दिएका छन् ।

जानी–जानी त्यस्तो गरेको ठहर भएमा गलत मनसाय बोकेका जनप्रतिनिधी पनि कानुुनी कारवाहीको दायरामा आउने सिडिओ थापाले चेतावनी दिए । 

दोहरो लगानीबारे प्रतिक्रिया लिन खोज्दा मेयर गोपाल यादवको मोबाईल फोन स्विच अफ छ ।

नगरपालिकाकी कार्यकारी अधिकृत रञ्जना साहलाई सोध्दा उक्त सडक निर्माण गर्न आरके निर्माण सेवाका रामकृत साहले शहरी विकासमार्फत ठेक्का लिसकेको जानकारी दिइन् । 

पछि कार्यपालिका बैठकमा आफूले उक्त प्रस्ताव ल्याउँदा मेयर यादवले कतैबाट टेण्डर नभएको बताएको जानकारी गराइन् ।

लिखित रुपमा टेण्डरबारे पत्र आएमा बाटो निर्माणमा दोहरो लगानी रोक्का गर्ने कार्यकारी अधिकृत साहले बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप