बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल क्लियरिङ हाउसको नयाँ अफरः ‘कनेक्ट गर्नुहोस्१०० पाउनुहोस्’

आइतबार, ०५ जेठ २०७६, १९ : ५५
आइतबार, ०५ जेठ २०७६

काठमाडौं– नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीका नयाँ ग्राहकहरुका लागि ‘कनेक्ट गर्नुहोस् १०० पाउनुहोस्’ अफर यही जेष्ठ १ बाट सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत कनेक्ट आईपीएस प्रणालीमा आबद्ध हुने नयाँ ग्राहकले सोही खातामा १०० सम्म पाउन सक्नेछन् ।

कनेक्ट आईपीएसको कुनै पनि नयाँ ग्राहकले आफूलाई एकपटक आवद्ध गराई यूजर आईडी बनाएपछि मोवाईल र इमेल भेरिफाई गराई ३० को लागी योग्य हुन सक्नेछन भने कुनै पनि सदस्य बैंकमा रहेको आफ्नो खातामा उक्त यूजर आवद्ध गराई थप ७० को लागी योग्य हुन सक्नेछन् । यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ भने एक यूजरमा लिंक गरिएको पहिलो बैंक खाताको लागी मात्र मान्य हुनेछ । 

हाल यस प्रणाली मार्फत् नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायत अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । उक्त प्रणाली सेवा प्रदायकहरुको पोर्टलमा पेमेन्ट प्रोसेसरको (गेटवे) रुपमा समेत जडान गरीएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप