शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेस नेता पौडेल १२ दिने सुदूरपश्चिम भ्रमणमा निस्किँदै

आइतबार, ०५ जेठ २०७६, १९ : ३१
आइतबार, ०५ जेठ २०७६

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख २४ गतेदेखि रामेछापबाट सुरू गरेको जनजागरण अभियान र कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुदुरपश्चिमको विभिन्न जिल्लामा गएर टुंगिने भएको छ । 

बरिष्ठ नेतासँग जाने नेपाली कांग्रेसका नेताहरूमा दिलेन्द्र प्रसाद बडु, हृदयराम थानी, रामकृष्ण यादव, नविन्द्रराज जोशी, बद्री पाण्डे, प्रकाश स्नेही रहेका छन् ।

यस्तो छ कार्यक्रमहरु

२०७६ जेठ ६ गतेः विहान नेपालगञ्ज हुँदै कैलालीको टिकापुरमा कार्यक्रम ।

२०७६ जेठ ७ गतेः विहान कैलालीको हसुलीयामा कार्यक्रम र दिनको १ बजे धनगढीमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन ।

२०७६ जेठ ८ गतेः विहान कञ्चनपुरको पुर्नवासमा कार्यक्रम र दिनको १ बजे महेन्द्र नगरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन ।

२०७६ जेठ ९ गतेः विहान डडेल्धुरा प्रस्थान, दिउँसो नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराद्वारा आयोजीत कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन ।

२०७६ जेठ १० गतेः विहान डडेल्धुराबाट बैतडी प्रस्थान । बैतडी जिल्लाको मेलौलीमा हुने बृहत आमसभालाई सम्बोधन गर्ने ।

२०७६ जेठ ११ गतेः विहान दार्चुलाको लागि प्रस्थान दार्चुलामा नेपाली कांग्रेस दार्चुलाको आयोजनामा हुने जिल्ला सम्मेलनलाई सम्वोधन ।

२०७६ जेठ १२ गतेः विहान दार्चुलाबाछट बझाङ्ग प्रस्थान ।

२०७६ जेठ १३ गतेः बिहान बझाङ्गमा आयोजीत नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङ्गले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन ।

२०७६ जेठ १४ गतेः डडेल्धुराबाट डोटी प्रस्थान । दिपायलमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन ।

२०७६ जेठ १५ गतेः डोटीबाट अछाम प्रस्थान, अछामको साँफेबगरमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन ।

२०७६ जेठ १६ गतेः अछामबाट बाजुराको मार्तडी प्रस्थान । मार्तडीमा हुने पार्टी कार्यकर्ता भेलालाई सम्बोधन ।

२०७६ जेठ १७ गतेः बाजुराबाट काठमाडाँ फर्किने कार्यक्रम ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप