बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिशुली बस दुर्घटना : मृत्यु हुनेको संख्या ९ पुग्यो (अपडेट)

आइतबार, ०५ जेठ २०७६, १८ : ५१
आइतबार, ०५ जेठ २०७६

धादिङको गजुरी गाउँपालिका – ६ बन्छेटारस्थित काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको बस त्रिशूली नदिमा खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ । 

पृथ्वी राजमार्गबाट ५० मिटर तल ना.७.ख ४३८७ नम्बरको रात्रीबस आइतबार बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख (इन्सपेक्टर) नवराज ढुंगेलले जानकार दिए । 

दुर्घटनामा परी मृत्यु हनुेमा इलामको कन्याम निवासी २० वर्षीय विशाल गिरी, धादिङ वेनिघाट रोराङका राजन आचार्य, चन्द्रागिरी नगरपालिका बस्ने ३५ वर्षीया सिता थपलिया र थानकोट निवासी ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन् । 

यसैगरी दुर्घटनामा परी मृत्यु हुनेहरूमा प्रकाश श्रेष्ठ र शेखर मगर रहेका छन् । उनीहरुको भने ठेगाना खुल्न नसकेको इन्सपेक्टर ढुंगेलले जानकारी दिए । अन्य ३ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

नामथर नखुलेको वर्ष ४० का एक पुरुषको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । यस्तै वतन नखुलेको अन्दाजी ३०/३२ वर्षका एक पुरुष र नामथर वतन नखुलेको अन्दाजी वर्ष २०÷२२ को पुरुषको शव दिउँसो ३ बजेतिर घटनास्थलमा फेला परेको थियो । 

दुर्घटनामा २९ जना घाइते भएका छन् । जसमा १४ जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरूलाई उद्दारपछि तत्काल काठमाडौं पठाइएको थियो ।

बाँकी घाइतेहरूको गजुरी, आदामघाट र गल्छीमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

हेरौँ कसको मृत्यु र उपचार कहाँ भएको हो ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप