शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अपहरणको नाटक गर्दै बाबुसँग २ लाख फिरौती मागेपछि...

आइतबार, ०५ जेठ २०७६, १८ : २४
आइतबार, ०५ जेठ २०७६

बुटवल– रुपन्देहीका एक युवाले आफ्नै बाबुसँग अपहरणको नाटक गरेर  फिरौती मागेका छन् । अपहरणको नाटक गरी आफनै बाबुसँग २ लाख रुपैया फिरौंती  माग गर्ने रुपन्देहीको सिद्धार्थनगरपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

गत बैशाख ५ गते घरबाट निस्किएर सम्पर्कविहिन भएका सिद्धार्थनगर नगरपालिका वार्ड नं. ८ बस्ने जोखन मुसलमानका २२ वर्षीय छोरा मोहमद कमालुद्दिन मुसलमानलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
सुरुमा मोहमदले आफुले प्रयोग गर्ने मोबाइल नम्बरबाट बाबुलाई फोन तथा एसएमएस गरी आफु अज्ञात स्थलमा अपहरणमा परेको जानकारी दिएका थिए ।

त्यसलगत्तै उनले फिरौंतीका लागि २ लाख रुपैयाँ मागेको तर सहमतिमा तत्काल ५० हजार रकम दण्डपाणि बरालको नाममा आईएमई गरी पठाईदिए मुक्त हुने बताएका थिए । उनले आफनै मोबाइलबाट फोन र एसएमएस पटक–पटक गरेपछि बाबुले प्रहरीलाई जानकारी गराई बरालको नाममा ५० हजार रुपैयाँ पठाएका थिए ।

त्यसपछि बाबुले पठाएको रकम लिन छोरा आफै पोखराको पृथ्वीचोकमा पुगेका थिए । त्यसअघि प्रहरीले शंका लागेर सो लोकेशनमा अप्रेशन सुरु गरेको थियो । आइएमईमा मोहम्मदनै आएर पैसा निकाल्न लागेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  

मोहमदविरुद्ध प्रहरीले सार्वजनिक अपराध अन्तर्गत अभद्र व्यवहार गरेको आरोपमा आज मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले  बताए । मोहम्मदका बावु भैरहवामा मिस्त्री काम गर्दै आएका छन् । प्रहरीले मोहम्मदलाई आज सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप