गणतन्त्र दिवस भव्यतापूर्वक मनाउने सरकारको तयारी
काठमाडौं– नेपाल सरकारले यस वर्षको गणतन्त्र दिवसलाई भव्यतापूर्वक मनाउन विभिन्न तयारी थालेको छ । प्रचारप्रसार उपसमितिका संयोजकका हैसियतले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्ने गरी कार्यक्रम तय गर्नुपर्ने बताएका छन् ।
आज अपरान्ह् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सभाकक्षमा आयोजित उपसमितिको बैठकमा उनले यही जेठ १५ गतेका दिन मनाइने ११ औँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्रका लागि गरिएका संघर्षहरु र गणतन्त्र प्राप्तिपछि जनताले हासिल गरेका उपलब्धिलाई जोड दिने गरी आम जनता माझ कार्यक्रम लैजान आग्रह गरे ।
सो अवसरमा मूल समारोह समितिले निर्धारण गरेका कार्यक्रमका अतिरिक्त थप आकर्षक र शैक्षिक महत्वका कार्यक्रम तय गरिएका छन् । यसै दिवसलाई लक्षित गरी नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहयोगमा रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक सूचना नेटवर्क र नेपाल विज्ञापन सङ्घलगायतले विशेष कार्यक्रम निर्माण गरी प्रचारप्रसार गर्नेछन् ।
मन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचारप्रसार उपसमितिमा राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, रेडियो नेपाल, नेपाल दूरसञ्चार प्राधिकरणलगायतका निकायका प्रमुख सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै