१४ हजारले लिए ५ प्रतिशत ब्याज अनुदानको कृषि कर्जा
आइतबार, ०५ जेठ २०७६, १७ : ४३
काठमाडौं– सरकारले वित्तरण गरेको ५ प्रतिशत ब्याज अनुदानको सहुलिय कर्जा १४ हजार ६ सय ३९ जनाले लिएका छन् । यसमा ९८ करोड २२ लाख रुपैयाँ ब्याज अनुदान प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ । अझै २५ अर्ब १८ करोड रुपैयाँ यस्तो कर्जा बक्यौता छ ।
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अुनदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ ले सहुलियत पूर्ण कृषि कर्जाको व्यवस्था गरेको थियो । यस कार्यविधिअनुसार सात प्रकारका सहुलियत पूर्ण कर्जा पाइन्छ । अन्य क्षेत्रतर्फ १३ करोड ६४ लाख कर्जा बाँकी छ ।
यस्तै भूकम्प पीडितले उपयोग गर्ने सहुलियतपूर्ण कर्जा १ हजार ५ सय ७७ जनाले उपयोग गरेका छन् । यता, उतपादन शिल क्षेत्रमा चैत मसान्तसम्म बैंकहरुले २३ अर्ब ६ करोड रुपैयाँ पुनरकर्जा लगानी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा