हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै विरोध प्रदर्शन (तस्बिरहरु)
आइतबार, ०५ जेठ २०७६, १७ : १०
१
काठमाडौं–विभिन्न साना दल तथा धार्मिक संस्थाहरुले नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।
आइतबार काठमाडौँको भद्रकालीमा प्रदर्शन गर्दै नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गरेका हुन् ।
सहभागीहरुले भद्रकालीबाट रत्नपार्कको शान्तिवाटिका सम्म -याली पनि निकालेका थिए । -यालीमा सहभागिहरुले हिन्दुराष्ट्र कायम गर, प्रेसमाथिको हस्तक्षेपको बन्द गर, वैदेशिक हस्तक्षेप बन्द गर भ्रष्टाचारीलाई कारबाही गर जस्ता नारा लेखिएको ब्यानर प्लेकार्ड प्रदर्शन गरेका थिए