अब मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने
आइतबार, ०५ जेठ २०७६, १५ : ५९
काठमाडौं । मोटरसाइकल पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको छ । आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (एसएसपी) वसन्त पन्तले सो जानकारी दिएका हुन् ।
दुई पाङग्रे सवारी साधन बढि दुर्घटना हुने भएकाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त स्टिकर हेल्मेट ल्याइने एसएसपी पन्तले पत्रकार सम्मेलनमा जानकारी दिए ।
त्यस्तै उपत्यकाको १० ठाउँमा नमूना सडक बनाइने तयारी भइरहेको पनि उनले बताए ।
एसएसपी पन्तले सवारी चालकहरुलाई मध्यनजर गर्दै अनलाइन पेमेन्ट पनि ल्याइने तयारी भइरहेको र केही मनिामै यसले पूर्णता पाउने जानकारी दिए । उनले भने, ‘चालकहरुलाई सहज गर्ने उदेश्यले अनलाइन पेमेन्टको योजना अघि ल्याइएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण