बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चलचित्र निर्देशक दीपाले बाँडिन् ‘खुशीले भरिएको झोला’

आइतबार, ०५ जेठ २०७६, १५ : ५०
आइतबार, ०५ जेठ २०७६

काठमाडौं – चलचित्र निर्देशक दीपा बस्नेतको संयोजकत्वमा नेपालमा ‘आर्ट अफ गिभिङ दिवस’ मनाइएको छ । हरेक वर्ष मे १७ मा विश्वभर मनाइने यो दिवस नेपालमा पनि मनाइएको हो । 

तारकेश्वर नगरपालिका गोलढुंगामा रहेको ‘मातृ नेपाल अपांग संघ’द्वारा संचालित बालगृहमा आश्रितहरुलाई खाद्यान्न, स्टेशनरी लगायत सामाग्री प्रदान गर्दै यो दिवस मनाइएको छ । कार्यक्रममा ‘खुशीले भरिएको झोला’ भन्ने थिम राख्दै स्कुल झोला पनि वितरण गरिएको हो ।

संसारमै सबैभन्दा ठुलो निःशुल्क आदिवासी आवासीय विद्यालय भनेर चिनिएको भारतको ‘कलिंगा इन्स्टियुट अफ सोसियल साइन्स (किस)’को सहयोगार्थ नेपालमा मनाइएको उक्त कार्यक्रममा किसकी नेपाल प्रतिनिधी तथा चलचित्र निर्देशक दीपा बस्नेतले ‘मातृ नेपाल अपांग गृह’मा ‘कलिंगा इन्स्टियुट अफ सोसियल साइन्स (किस)’ले विगत ३ वर्ष यता खाद्यान्नमा सहयोग गर्दै आएको जानकारी दिइन् । 

चलचित्र अन्तराल र श्री ५ अम्बरेको निर्देशन गरेकी बस्नेत केहि वर्षदेखि सामाजिक कार्यमा पनि सक्रिय छिन् । आफ्ना चलचित्रहरुमा पनि सामाजीक विषयवस्तु उठान गर्दै आएकी दीपाले सामाजिक कार्यसकेसम्म गुर्न पर्ने बताइन् । 

‘आर्ट अफ गिभिङ’ दर्शनका प्रतिपादक डा.अच्युत सामन्त हुन् । यो दिनमा विश्वभर गरेर करिब १ करोड असाहय गरिब तथा अनाथहरुलाई भोजन गराइँदै आइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप