शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो सिजनमै रोनाल्डो इटालियन लिगको उत्कृष्ट

आइतबार, ०५ जेठ २०७६, १५ : २५
आइतबार, ०५ जेठ २०७६

युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इटालीमा आफ्नो पहिलो सिजनमा नै सिरिए ए प्लेयर अफ द सिजन घोषित भएका छन् ।

टुरिन जायन्टसलाई लगातार आठौँ लिग उपाधि जिताउन रोनाल्डोले महत्त्वपूर्ण भूमिका खेलेका थिए । यसक्रममा उनले २१ गोल गरे ।

प्रायः सिजनको अन्त्यपछि व्यक्तिगत अवार्डहरु घोषणा गरिने भए पनि रोनाल्डोलाई भने आइतबार हुने एटलान्टाको खेलअघि नै पुरस्कार वितरण गरिनेछ ।

योसँगै रोनाल्डो इटाली, स्पेन र इङ्ग्ल्याण्डको लिगमा उत्कृष्ट खेलाडीको अवार्ड हात पार्ने पहिलो खेलाडी बनेका छन् ।

३४ वर्षीय रोनाल्डो १० करोड युरोमा रियल म्याड्रिडबाट युभेन्टसमा अनुबन्ध भएका हुन् ।

रियल छाड्दा उनी क्लबको सर्वाधिक गोलकर्ता बनेका थिए भने उनले लगातार तीन च्याम्पियन्स लिगको उपाधि पनि जितेका थिए ।

त्यस्तै, इन्टर मिलानका समिर ह्यान्डानोभिचले वर्षको उत्कृष्ट गोल किपरको अवार्ड जितेका छन् ।

कालिडु काउलीबेलीसँगै उत्कृष्ट डिफेन्डरको अवार्ड हात पारे भने लाजियोका सर्जेग मिलिन्कोभिच साभिचले उत्कृष्ट मिडफिल्डर, साम्पडोरियाका फाबियो क्वाग्लिएराले उत्कृष्ट स्ट्राइकर तथा निकोलो जानिओलाले उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप