शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रानीपोखरी जीर्णोद्धारमा जुट्यो नगरपालिका

आइतबार, ०५ जेठ २०७६, १३ : ३१
आइतबार, ०५ जेठ २०७६

भक्तपुर । धेरैलाई लाग्न सक्छ काठमाडौंमा मात्र रहेको रानीपोखरी भक्तपुरमा नहुन सक्छ । तर, काठमाडौंको भन्दा पनि केही दशक पुरानो रानी पोखरी भक्तपुरमा पनि छ । हाल उक्त पोखरीलाई जिर्णोद्धार पुनर्निर्माण गर्ने कार्यमा भक्तपुर नगरपालिका सक्रियताका साथ लागि परेको छ । 

काठमाडौंको रानीपोखरी पुनर्निमार्णका लागि आवश्यक डकर्मी र प्राविधिक समेत पठाएको नगरपालिकाले केही समय पछि आफ्नो क्षेत्रभित्र रहेको पोखरी सर्वसाधरणका लागि हेर्न लायक बनाउने तयारी गरेको हो । 
भक्तपुरको सल्लाघारी नजिक रहेको रानीपोखरी काठमाडौंको रानीपोखरीभन्दा ४० वर्ष पुरानो रहेको इतिहास विदहरुको भनाइ छ । यो पोखरी भक्तपुरका मल्ला राजा जगज्योति मल्लले नेपाल संवत् ७५० अर्थात १६८७ सालमै निर्माण गरेका थिए भन्ने किम्वदन्ती रहेको छ । 

भक्तपुर नगरपालिकाको वडा नम्बर १ सल्लाघारीमा सैनिक आवासीय महाविद्यालयको परिसरभित्र रहेको पोखरी हाल जीर्ण अवस्था रहेको छ । 

अन्य समयमा सर्वसाधरका लागि बन्द हुने रानीपोखरी भक्तपुरका विभिन्न नेवार समुदायको देवाली पूजाको दिन मात्र खुल्ला रहने गरेको थियो । 

वि.स २०३४÷०३५ सालबाट उक्त पोखरी नेपाली सेनाको अधिनमा रहेको छ  । भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले सेनाले पोखरीको क्षेत्र ब्यारेकबाट छुट्याएर पुनर्निर्माण गर्न र सर्वसाधारणसँगै आन्तरिक

तथा बाह्य पर्यटकलाई अवलोकन गर्न पाउने सहमति दिएको बताए । 

अब मौलिक शैलीमा नै पुनर्निर्माण गर्ने तयारी अघि बढेको छ । नगरपालिकाले ऐतिहासिक तथा धार्मिक सांस्कृतिक महत्वको रानीपोखरीलाई प्राप्त प्रमाणका आधारमा मौलिक शैलीमा नै पुनर्निर्माण गर्ने तयारी रहेको नगरप्रमुख प्रजापतिले बताए ।

पोखरीको जीर्णोद्धार भएपछि आवश्यक सुरक्षा व्यवस्था मिलाएर ऐतिहासिक रानीपोखरी सर्वसाधारणले पनि अवलोकन गर्न पाउने नगर प्रमुख प्रजापतिले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप