बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चाडको पूर्वी क्षेत्रमा बोको हरामको आक्रमण, १३ गाउँलेको हत्या

आइतबार, ०५ जेठ २०७६, १३ : २७
आइतबार, ०५ जेठ २०७६

चाड– अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ ।

सेलिया गाउँमा बोको हरामका सशस्त्र लडाकूहरुले बिहानीपख आक्रमण गरेका थिए । लेक चाड प्रान्तीय अधिकारी डिमोया सोयपेबेले बोको हरामको आक्रमणमा स्थानीय प्रमुख र उनको परिवार तथा अरु ९ जना गाउँलेको मृत्यु भएको बताए ।


गाउँलेको हत्या रोक्न चाडको सेना समयमै आइनपुगेको बताइएको छ । चाडको उच्च सैनिक नेतृत्वले उक्त गाउँमा सैनिक परिचालन गरिएको र लडाकूहरुको खोजी शुरु गरिसकेको जनाएको छ । 

नाइजेरियामा कट्टरपन्थी इस्लामिक शासन व्यवस्थाका लागि आन्दोलनरत बोको हरामका गतिविधिहरु पछिल्लो समय नाइजेरियाका उत्तरपूर्वी मुलुकहरु नाइजर, चाड र क्यामरुनमा पनि बिस्तार भएको छ । 

बोको हराम विरुद्धको कारबाही तिब्र पारिए पनि नाइजेरियामा मात्र २७ हजारको ज्यान गइसकेको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन् । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप