शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

आइतबार, ०५ जेठ २०७६, १३ : १५
आइतबार, ०५ जेठ २०७६

लहान– पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित सडकमा गए राति सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प ९६३६ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–४ निवासी २५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
दुर्घटनामा गम्भीर घाइते चालक चौधरीलाई तत्कालै उपचारका लागि श्रमजीवी अस्पतालमा भर्ना गरिएकामा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले जनाएको छ । सोही दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा पछाडि सवार सर्लाहीको लालबन्दी नगरपालिका–४ निवासी विक्रमकुमार चौधरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप