भानु नगरपालिकाको कार्यालयमा तालाबन्दी
आइतबार, ०५ जेठ २०७६, १३ : ११
तनहुँ– नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन् ।
छनोट प्रक्रिया विपरित अयोग्य उम्मेदवारलाई उत्तीर्ण गराएको भन्दै उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
यसै विषयलाई लिएर शुक्रबार समेत कार्यालयमा तालाबन्दी गरेका स्थानीयवासीले पुनः आज बिहान तालाबन्दी गरेका छन् । स्थानीयवासीले लगाएको ताला प्रहरीले शुक्रबार बल प्रयोग गरेर खुलाएको थियो । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विधि र प्रक्रिया पुर्याएरै नगर प्रहरी छनोट गरिएको बताए । परीक्षामा नाम ननिस्किएपछि धाँधली भयो भन्नु गलत रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव
-
नेपाललाई दोस्रो सफलता
-
चोभारको डढेलो निभाउन गएको दमकल दुर्घटनाग्रस्त, तस्बिरहरू
-
ऐरीले जोगाउँदा नेपालद्वारा १ सय ४० रनको लक्ष्य प्रस्तुत