सलमान खानले ऐश्वर्यालाई क्रप गरेर सेयर गरे पुरानो तस्बिर
संजय लीला भंसालीको फिल्म ‘मलाल’ को ट्रेलर शनिबार लञ्च गरिएको छ । भंसालीको यो फिल्ममा दुई नयाँ अनुहार देखिने भएकमो छ । संजय लीला आफ्नी भाञ्जी शर्मिन सहगल र जावेद जाफरीकी छोरी मिजान जाफरीलाई लञ्च गरिरहेका छन् । ट्रेलर रिलिज भएदेखि नै दुबै नायिकाको निकै चर्चा भइरहेको छ । सलमान खानले पनि शर्मिनको वाल्यकालको एउटा तस्बिर सेयर गर्दै उनलाई भविष्यका लागि शुभकामना दिए ।
Just like that, it's time now to see this beautiful little Sharmin bloom on the silver screen in her debut film, Malaal. May this new journey bring you all luck and lovehttps://t.co/NMy5nsJFT6 @sharminsegal #MalaalTrailer @bhansali_produc @TSeries pic.twitter.com/19UMiR0EzU
— Salman Khan (@BeingSalmanKhan) May 18, 2019
सलमान खानले शर्मिनको वाल्यकालको एउटा तस्बिर सेयर गरेका छन् । यद्यपी, यो तस्बिरमा प्रशंसकको ध्यान शर्मिनभन्दा कुनै अन्य व्यक्तिमा टिक्यो । ती अन्य व्यक्ति ऐश्वर्या राय हुन् जसलाई सलमानले तस्बिरमा क्रप गरेका छन् । यो तस्बिर संजय लीला भंसालीको फिल्म ‘हम दिल दे चुके सनम’ को सेटको हो । तस्बिरमा शर्मिन सलमानसँग आफ्नो अंकललाई केल खुवाइरहेकी छिन् ।
तस्बिर हेर्दा यस्तो लाग्छ कि फिल्मको गीत हम दिल दे चुके सनमको सुटिङको क्रममा खिचिएको हो । तस्बिरको पछाडि ऐश्वर्या राय पनि छिन् । तर उनको तस्बिर क्रप गरेर सेयर गरिएको छ ।
स्मरण रहोस्, हम दिल दे चुके सनमको क्रममा सलमान खान र ऐश्वर्या रायको अफेयरको निकै चर्चा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा