म्यागाटो बेल्जियम अब नेपाली बजारमा
काठमाडौं । भारतीय कम्पनी म्यागाटो बेल्जियमका नविन प्रविधि तथा उत्पादनहरु नेपाली बजारमा आएको छ । म्यागाटो इन्टिया प्रा।लिको सहकार्यमा अरभिन्द इम्पोरियम प्रा।लि।ले म्यागाटोका विभिन्न उत्पादनहरु नेपाली बजारमा विस्तार गरेको हो ।
विश्वका १५० राष्ट्रिमा आफ्नो विभिन्न उत्पादनहरु विक्रि वितरण गर्दै आईरहेको यस कम्पनीले सिमेन्ट उद्योगमा प्रयोग हुने अत्याधुनिक प्रविधि तथा मेसिनरीहरु विक्रि वितरण गर्दै आईरहेको छ ।
यस कम्पनीबाट उत्पादित प्रविधिहरुले कम विजुली खपतमा बढि उत्पादन गर्न सक्ने क्षमता राख्ने र किफायती समेत हुने हुँदा नेपाली सिमेन्ट उद्योगहरुको उत्पादकत्वमा वृद्धि ल्याउने कम्पनीले बताएको छ ।
राजधानिमा आज एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले प्राविधिक गोष्ठी सहित म्यागाटोका उत्पादनहरु सार्वजनिक गरेको छ ।
उक्त कार्यक्रलाई संवोधन गर्दै म्यागाटोका (साउथ एसिया) कन्ट्रि म्यानेजर दिपक भोजवानीले म्यागाटो उत्कृष्ट उत्पादन रहेको बताउदै यसले नेपालीहरुको मन जित्ने बताए ।
‘विश्वकोे उत्कृष्ट ब्राण्ड म्यागाटोले नेपाली बजारमा प्रवेश पाएको छ । यसको उत्पादनले सबैको मन जित्ने छ ।’ उनले भने, ‘औद्योगीक सफलतामा म्यागाटो कोसेढुङ्गा सावित हुने छ ।’
कार्यक्रममा कम्पनीका तर्फबाट दिपक भोजवानीले आफ्नो उत्पादन तथा यसका विशेषताहरुको बारेमा बताएका थिए भने यस किसिमको अत्याधुनिक प्रविधिबाट नेपाली सिमेन्ट जगतले अपार फाईदा उठाउन सक्ने समेत बताएका थिए ।
यसै अबसरमा कम्पनीका तर्फबाट विजनेश म्यानेजर बबी स्मीत तथा प्राविधिक प्रमुख गौतम तनेजाले प्रोडक्ट बारे थप प्रकाश पारेका थिए भने बेल्जियमबाट आएका प्रमुख प्राविधिक बन्नार्ड मुलडले म्यागाटोका प्रोडक्ट र यसका प्राविधिक पक्षको जानकारी दिए ।
कार्यक्रममा कम्पनीका तर्फबाट विशिष्ट व्यक्तित्वहरुको साथमा नेपालका विभिन्न सिमेन्ट उद्योगका संचालकहरु, खरिद शाखा प्रमुख, वित्तिय प्रमुख तथा फ्याक्ट्री प्रमुखहरुको उपस्थित रहेको थियो भने नेपालका लागि म्यागाटोको आधिकारिक वितरकको रुपमा अरभिन्द इम्पोरियम को तर्फबाट संचालक विश्वनाथ गोयल, सुरेन्द्रकुमार गोयल तथा कार्यकारी संचालक बन्टि जैनको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु