शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्नलाई लगातार सातौं लिग उपाधि, रोबेन र रिबरीको सुखद बिदाई

आइतबार, ०५ जेठ २०७६, ०८ : ३१
आइतबार, ०५ जेठ २०७६

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । शनिबार राति भएको लिगको अन्तिम खेलमा बायर्नले फ्रान्कफर्टलाई ५–१ गोलले हराउँदै उपाधि जितेको हो ।

उपाधि रक्षा गरेको बायर्नको यो लगातार सातौँ लिग उपाधि हो ।

घरेलु मैदानमा भएको एकपक्षीय खेलमा बायर्नलाई जिताउन किंग्सले कोम्यानले खेलको चौँथो मिनेटमा खाता खोलेका थिए । त्यसपछि डेभिड अल्बाले ५३औँ, रेनाटो सान्चेजले ५८औँ, फ्रान्क रिबेरीले ७२औँ र आयर्न रोबेनले ७८ औँ मिनेटमा एक एक गोल गरे ।

फ्रान्कफर्टका सेवास्टीयन हाल्लरले ५०औं मिनेटमा एक गोल फर्काएका थिए ।

योसँगै रोबेन र रिबरीले उपाधिसँगै बायर्नका लागि आफ्नो अन्तिम खेल खेलेका छन् । दुई खेलाडीले बायर्नमा रहँदा संयुक्त रुपमा १५ उपाधि तथा १८५ गोल गरेका छन् ।

त्यस्तै, अर्का खेलाडी रफिनाले पनि यो सिजनको अन्त्यबाट क्लब छाड्ने छन् ।

अर्को खेलमा उपाधिको दाबेदार बोरुसिया बोरुसिया मोन्चेनग्लाडबाचलाई २–० गोलले हरायो । यसका बावजुद डर्टमन्ड लिग उपाधिबाट बञ्चित रह्यो ।

उपाधि विजेता बार्यनले ३४ खेलबाट ७८ अंक बनायो । दुई अंकले पछि पर्दै दोस्रो स्थानमा रहेको डर्टमण्डले ७६ अंक बनायो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप