शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मृत्युको रहस्य जान्नुथियो, छात्रले गरे आत्महत्याः प्राध्यापकलाई पठाए ‘सुसाइड नोट’

आइतबार, ०५ जेठ २०७६, ०८ : २१
आइतबार, ०५ जेठ २०७६

भारतको जवहारलाल नेहरु विश्वविद्यालयको लाइब्रेरीभित्र एक छात्रले आत्महत्या गरेको नवभारत टाइम्सले बताएको छ । छात्रको शव पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको थियो । मृत्युअघि छात्रले प्राध्यापकलाई इमेल लेखेर आत्महत्या बारे जानकारी दिएका थिए ।

पंखामा झुण्डिनका लागि ल्याण्डलाइन टेलिफोनको तार प्रयोग गरिएको थियो । घटनाबारे शुक्रबार दिउँसो जानकारी भएको थियो । मृत्यु हुनेमा एमए अन्तिम वर्षका विद्यार्थी थिए ।

नवभारत टाइम्सले दक्षिण पश्चिम जिल्लाका डिसिपी देवेन्द्र आर्यलाई उद्धृत गर्दै छात्रको नाम ऋषि जे. थोमस बताएको छ । उनका अनुसार मृत्यु अघि छात्रले बिहान ११ः३१ बजे एक प्राध्यापकलाई सुसाइड नोटको रुपमा एक इमेल पठाएका थिए । मेलमा थोमसले लेखेका थिए, ‘धेरै दिनदेखि मृत्युलाई भौतिक रुपमा हेर्ने चाहना थियो । मेरो आमा बुवाको हेरबिचार गर्नु ।’ उक्त मेल अंग्रेजीमा लेखिएको बताइएको छ ।

स्रोतका अनुसार पुलिसलाई लाग्छ कि थोमस मृत्युको रहस्य जान्न उत्सुक थिए । सायद उनी थाहा पाउन चाहन्थे कि आखिर मान्छेको मृत्यु कसरी हुन्छ र मृत्यु कसरी आउँछ भनेर उनी जान्न चाहन्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप