शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलिया चुनावः स्कट मोरिसनको कन्जरभेटिव गठबन्धको ‘चमत्कारिक’ जित

आइतबार, ०५ जेठ २०७६, ०८ : ०७
आइतबार, ०५ जेठ २०७६

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले संघीय चुनावमा आफ्नो कन्जरभेटिव गठबन्धलाई पुनः चुनेकोमा मतदातालाई धन्यवाद दिएका छन् ।

मोरिसनले समर्थकलाई ‘आफूलाई सधैं चमत्कारमा विश्वास थियो’ भनेका छन् । सुरुमा लिबरल–नेशनल गठबन्धनलाई बहुमत नजिक देखाइएको थियो ।

यस्तै, अष्ट्रेलियाली लेबर पार्टीका नेता बिल शर्टनले आफ्नो पार्टीको हार स्विकार गर्दै पार्टी नेताको रुपमा राजिनामा दिएको जानकारी दिएका छन् ।

चुनावको अन्तिम परिणाम अझै आउन बाँकी छ तर ७० प्रतिशत बढी मतको गन्तीसहित गठबन्धनले जित हासिल गरेको छ । गठबन्धनलाई बहुमतका लागि ७६ सीटको आवश्यकता छ र उनीहरु ७४ सिटमा अगाडि छन् । लेबर पार्टी ६६ सिटमा अगाडि छ ।

अष्ट्रेलियामा आम चुनावका लागि शनिबार मतदान भयो । यहाँ १.६४ करोड मतदाता छन् ।

नतिजाले चकितः

सिड्नीस्थित बीबीसी संवाददाता हाइवेल ग्रिफिथका अनुसार यस्तो नतिजाको आशा सायद कसैले गरेको थिएन । उनले भनेका छन्, ‘म यस्तो व्यक्तिको खोजीमा छु जसले आफूलाई यस्तो परिणामको आशा भएको बताओस् ।’

पछिल्लो दुई वर्षमा जति पनि ओपिनियन पोल भए त्यसमा गठबन्धन लेबर पार्टीभन्दा पछि थियो र यसपटक सरकार बनाउने पालो लेबर पार्टीको हो भनिएको थियो ।

तर अन्तिममा स्कट मोरिसन मतदाताको ध्यान आफूतर्फ मोड्न सफल रहे त्यो पनि एक्लो प्रयासमा  ।

अष्ट्रेलियाली लेबर पार्टीका नेता शर्टनले पार्टी सदस्यलाई सम्बोधन गर्दै भने, ‘लेबर पार्टी अर्को सरकार बनाउन सफल हुनेछैन ।’

शर्टनका अनुसार उनले मोरिसनलाई बधाई दिनका लागि फोन गरेका थिए । साथै उनले अर्को पटक लेबर पार्टीको नेताको रुपमा चुनाव नलड्नेसमेत घोषणा गरे ।

मोरिशनले आफ्ना विपक्षीलाई धन्यवाद दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप