मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एफए कपमा सिटी च्याम्पियन

आइतबार, ०५ जेठ २०७६, ०७ : ४९
आइतबार, ०५ जेठ २०७६

एफए कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको एकपक्षीय खेलमा वार्टफोर्डलाई ६–० गोलले हराउँदै सिटी एफए कप च्याम्पियन बनेको हो ।

एकसाता अघि मात्र प्रिमियर लिग जितेको सिटीको यो सिजनको तेस्रो उपाधि हो । यसअघि सिटीले लिग कपमा पनि बाजी मारेको थियो । सिटीको जितमा रहिम स्टर्लिङले ह्याट्रिक गरेका थिए । 

डेभिड सिल्भा, केभिन डि ब्रुयने र गाब्रियल जेससले एक एक गोल गरेका थिए । खेलको सुरुवातदेखि आक्रामक देखिएको सिटीका लागि सिल्भाले २६औं मिनेटमा खाता खोले । ३८औं मिनेटमा स्टर्लिङले गोल गर्दै पहिलो हाफमा सिटीको अग्रता दोब्बर बनाए । 

त्यसपछि सिटीले दोस्रो हाफमा चार गोल थपेको थियो । ब्रुयनेले ६१औं मिनेटमा तेस्रो गोल गरे । जेससले ६८औं मिनेटमा अर्को गोल थपेका थिए । ८१औं र ८७औं मिनेटमा स्टर्लिङले लगातार दुई गोल थप्दै ह्याट्रिक पूरा गरका थिए ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप