केन्द्रीय संस्करण

नेपाली भूमिमा क्षति पुग्ने गरी भारतमा सडक निर्माण

person explore access_timeजेठ ५, २०७६ chat_bubble_outline0
फाइल तस्विर

दार्चुला - दार्चुलाको जत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ । भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो । सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ । विस्फोटले ठुल्ठूला ढुंगा महाकाली नदीमा खसेर नदीको बहावसमेत रोकिएको छ ।

विस्फोटकका कारण महाकाली नदीमा खसेका ठूल्ठूला ढुंगाले घाटिबगड क्षेत्रमा कृत्रिम ताल बनेको व्याँस १ का दानसिंह तिंकरीले बताए । तिंकरीका अनुसार व्याँस २, तम्बाकुदेखि माथि बुँदीसम्मको पैदलमार्ग ठाउँ ठाउँमा क्षतिग्रस्त भएको छ । यो समाचार नागरिकमा प्रेम चुनाराले लेखेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.