बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्र दिवसको व्यापक तयारी, मुख्यमन्त्रीको अध्यक्षतामा मुल समिति गठन

शनिबार, ०४ जेठ २०७६, १९ : ०३
शनिबार, ०४ जेठ २०७६

कर्णाली प्रदेशमा गणतन्त्र दिवस–२०७६ लाई भव्य रुपमा मनाउन तयारी शूरु गरिएको छ । शनिवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा वसेको वैठकले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा गणतन्त्र दिवस मुल समितिको गठन गरेको छ । 

कर्णाली प्रदेश सभाका सभामुख, कर्णालीवाट संघीय संसदमा प्रतिनिधित्व गर्ने साँसद, उच्च अदालत सुर्खेतका मुख्य न्यायधिस, प्रदेश सरकारका मन्त्रीहरु, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, पुर्व साँसद तथा सभासदहरु, प्रदेशसभाका सचेतक, संसदीय समितिका सभापतिहरु, प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति र कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष मुल समिति सदस्य रहेका छन् । 

त्यसैगरि मुल समितिमा मख्यन्यायधिवक्ता, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश योजना आयोगका सदस्यहरु, नेपाली सेना उत्तरपश्चिम पृतनाका पृतनापति, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, प्रदेश सरकारका सचिवहरू, प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी नायव महानिरिक्षक, राष्ट्रिय अनुसन्धान कर्णाली प्रदेश कार्यालय प्रमुख पनि सदस्य रहेका छन् । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिव रहेको गणतन्त्र दिवस–२०७६ प्रदेश मुल समितिका अन्य सदस्यहरुमा नेपाल रेडक्रस सोसाईटी, नेपाल आदिवासी महासंघ, खेलकुद विकास समिति, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श, निर्माण ब्यवसायी संघ, औषधि ब्यवसायी संघ, बागिना समुह, लोक दोहरी प्रतिष्ठान सुर्खेत, सामुदायिक वन उपभोक्ता महासंघ, गैसस महासंघ, सहकारी संघ, प्रदेश अस्पताल लगायतका संघ संस्थाहरु रहेका छन । 

वैठकले गणतन्त्र दिवसलाई भव्यरुपमा आयोजना गर्न विभिन्न ४ वटा उपसमितिहरु पनि गठन गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, सामाजिक विकास मन्त्री दल रावलको संयोजकत्वमा साँस्कृतिक उपसमिति, भौतिक पुर्वाधार विकास मन्त्री खड्क खत्रीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको संयोजकत्वमा मनोरञ्जन तथा सरसफाई व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

वैठकले गणतन्त्र दिवसका कार्यक्रमलाई भव्य र प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि उपसमितिहरुलाई ठोस जिम्मेवारी प्रदान गरेको छ । 

गणतन्त्र दिवसको अवसरमा जेठ १४, १५ र १६ गते दिपावली गर्ने, व्याडमिन्टन प्रतियोगिता संचालन गर्ने, जेठ १५ गते प्रभातफेरी सहित वृहत समारोहको आयोजना गर्ने पनि वैठकले निर्णय गरेको छ । त्यसैगरि शुभकामना आदान प्रदान, झाँकी प्रदर्शनी, साँस्कृतिक तथा साहित्यीक कार्यक्रमहरु पनि आयोजना गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप