मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आई. एम. इ. अटोमोटिभ्स्ले ल्यायो नेपालमा नयाँ सिरिजको बाइक

आइतबार, २२ साउन २०७४, १८ : ०१
आइतबार, २२ साउन २०७४

काठमाडौं – आई.एम.ई अटोमोटिभ्स्ले भारतमा निर्मित नयाँ ‘ रेनेगाड ३०० सिरिज  बाइकको बिक्री शुरु शुरु गरेको छ । आई.एम.ई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्थाआई.एम.ई अटोमोटिभ्स्प्रा.लिले भारतको उत्तराखण्ड, काशीपुरमा अवस्थित युएमको विश्वस्तरीय सुविधायुक्त बाइक बजारमा ल्याएको हो । 

आइएमई अटोमोटिभ्सले युएम बाइकको ३०० सिरिजको रेनेगाड कमाण्डो ३०० र रेनेगाड स्पोर्ट एस ३०० गरी दुई मोडेलको बाइक बजारमा ल्याएको हो । होटल र्याडिसनमा आइतबार आयोजित एक कार्यक्रम मार्फत पहिलो पटक कमरसियल्ली बिक्री सुरु गरेको हो । 

उक्त कार्यक्रममा आई.एम.ई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल त्यस्तै, अटोमोटिभ्स्का डाइरेक्टर सन्दिप अगरवाल र सुमन पोखरेल त्यस्तै, आई.एम.ई अटोमोटिभ्स्का प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी लगायतले बजारमा सार्वजनिकीकरण गरेको थियो ।
कार्यक्रममा यु एम इंडियाबाट  पंकज सिंहका साथ विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । 
सार्वजनिक गरिएको उक्त बाइक नेपालमा यस अघि गत वार्षको नाडा अटो सोमा नै परिचित गराएकोे थियो । बाइक बढि माइलएज दिने, आकर्षक डिजायन भएको,पूर्ण डिजिटल मिटरहरु भएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा अटोमोटिभ्स्का प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले भने, ‘यु एमका प्रमुख मोडेलहरु रिनिगेड कमान्डो र रिनिगेड स्पोर्ट एस ३०० सिरिज सेग्मेंटले यु एम बाइक राइडर र उत्साहीहरुलाई विश्व स्तरिय बाइकिङ्ग अनुभब दिने दावी गरेको छ । 


आई.एम.ई ग्रुप कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकालले भने, ‘आई.एम.ई अटोमोटिभ्स्ले यु एम ब्रान्ड का ३०० सिरिजका रिनिगेड क्रुजर र रिनिगेड स्पोर्टको नेपालमा आधिकारक रुपमा बिक्रि वितरणको सुरुवात गरेको छ । ‘यी बाइकहरु  भारतमा उत्पादन भएका हँुदा यु एम को ग्लोबल पहिचान अब भारतमा पनि निर्मित छ भनेर कायम भएको उनले बताए । 

चार स्ट्रोक लिक्वड ईन्जिनको साथमा रहेको चौडा हेण्डलबार तथा हाईड्रोलिक टेलिकपिड फ्रण्ट भएको बाइकको मुल्य भने ४ लाख ९२ हजार रहेको छ । बल र नियन्त्रणको विशेष संयोजन रहेको इलेक्ट्रिक स्टार्ट सँगै इयर फिल्टरमा पेपर इलामेन्टको समेत नवीनता रहेको जनाएको छ । १८ लिटरको ईन्धन क्षमता रहेको उक्त बाइक १ सय ७२ केजीको कर्भ वेट रहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप