यातायात क्षेत्र पर्यटकमैत्री सेवाका रुपमा विकास गर्न जरुरी छ : मुख्यमन्त्री पोखरेल
लुम्बिनी भ्रमण बर्ष २०७६ शुभारम्भसँगै बुटवलबाट सुविधा सम्पन्न सार्वजनिक गाडी उद्घाटन गरिएको छ । एसी र वाइफाइ जडीत १० वटा अपाङ्गमैत्री बसको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीको सिद्धबाबाबाट शुभारम्भ गरेका हुन् । ५२ सिटको क्षमताका छन् भने सिसिटिभी क्यामेरा र एयर सस्पेन्सन पनि राखिएको छ ।
सो अवसरमा बोल्दै पोखरेलले यातायात क्षेत्र पर्यटक मैत्री सेवाका रुपमा विकास गर्न जरुरी रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको बिकासमा यातायातको महत्व धेरै भएको भन्दै नयाँ बसका कारण लुम्बिनी आउने पर्यटकलाइ थप सहज विश्वास समेत व्यक्त गरे ।
बुटवल–बेलहिया ६ लेनको सडक विस्तार भएसँगै सुविधा सम्पन्न सार्वजनिक गरिएको हो । गाडीमा रिचार्ज र टिकटको सेवा पनि उपलब्ध गराइने संरक्षक संस्था भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।
यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले बुटवलमा रहेको भिजन लुम्बिनी लिमिटेडले वातावरण अनूकुल एसी बसहरु सञ्चालनमा ल्याएको हो ।
ती गाडी बुटवल, भैरहवा, सुनौली, लुम्बिनी, सेमलार, बर्दघाट रूटमा गुड्ने शुरु गरेका छन् । बुद्ध सर्किटमा पनि चल्ने गरी अनुमति लिइसकेको र बिस्तारै ति रुटमा पनि नयाँ गाडीहरूले सेवा दिनेछन् ।
बुटवल भैरहवामा हिँड्ने यात्रुपनि अबदेखि सहज यात्रा गर्न पाउनेछन् । माइक्रोमा कोचाकोच हुनुपर्ने अवस्थाको अन्त्य हुनेछ,’ अध्यक्ष पोखरेलले भने । १० करोड रूपैयाँ लगानीमा भिजन लुम्बिनीले गाडी सञ्चालनमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा