काठमाडौँमा ‘एक्सपर्ट प्रधानमन्त्री कप’ क्रिकेट हने
यही जेठ १० गतेदेखि राजधानी काठमाडौँमा ‘एक्सपर्ट प्रधानमन्त्री कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।
आयोजक राष्ट्रिय खेलकुद परिषद् र नेपालय इन्टरनेश्नलले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि ‘एक्सपर्ट पीएम कप’ को तेस्रो संस्करणबारे जानकारी गराएका हुन् ।
जेठ १० देखि २५ गते सम्म हुने प्रतियोगिताका खेलहरु र्कीतिपुर र मुलपानी खेल मैदानमा हुने भएको छ । प्रतियोगितामा ३ विभागीय सहित ७ वटा प्रदेशका १० टिमले सहभागीता जनाउने छन् ।
समूहका शीर्ष २–२ टिमले सेमिफाईनलमा स्थान बनाउने छन् । प्रतियोगिताको कुल बजेट १ करोड ७५ लाख रुपैया रहेको छ ।
परिषद्ले ८० लाख उपलब्ध गराउनेछ भने बाँकी नेपालय इन्टरनेश्नलले प्रायोजकको सहयोगमा लगानी गर्ने भएको छ ।
प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५० ÷५० हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज भित्रिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जनाको मृत्यु भएको कोठाभित्र रोइरहेकी थिइन् साढे २ वर्षकी बालिका
-
जर्मनीको फ्रयाङ्कफर्टमा रन्जुको एकल चित्रकला प्रदर्शनी
-
दलका नेतृत्व मठाधीश बनेका कारण लोकतन्त्रमाथि टीकाटिप्पणी भयो : सांसद पौडेल
-
नेपालमा कतारी राजाको भव्य स्वागत, तस्बिरहरू
-
कतारी राजाको नेपाल भ्रमण (लाइभ)
-
ओलीले सुरु गरे फिल्म ‘नमेटिने घाउ’को छायांकन, तस्बिरहरु