शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'म बहुला हुँ' मेरो घरको धारामा मेलम्चीको पानी कहिले आउँछ ?

प्रधानमन्त्री ओलीको क्षमतामाथि प्रश्न
शनिबार, ०४ जेठ २०७६, १७ : ३४
शनिबार, ०४ जेठ २०७६

पाँच वर्षमा सम्पन्न गरिसक्नुपर्ने मेलम्ची खानेपानी आयोजना २० वर्षसम्म पनि पुरा गर्न नसकेको भन्दै स्थानीय श्याम ज्यापुले सरकारको कडा आलोचना गरेका छन् ।

शनिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले पटक–पटक आफूहरुलाई पानी आउँछ भनेर आश्वाशसनमात्र दिइरहेको तर आयोजनको काम अझै अनिश्चित पार्दे गएकोमा आक्रोश पोखे । 

ललितपुर जावालाखेलका स्थायी वासिन्दा श्यामले प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ को दशैं अगाडिनै काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याइसक्ने बताएपनि अहिलेसम्म आयोजनाको काम सम्पन्न हुने छाँटकाँट नदेखिएको आरोप लगाए । 

सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै आएका उनले विरोधस्वरुप २०७५ को घटस्थापनापछि दैनिकजसोे आफ्नो मोटरसाईकलको पछाडी ‘म बहुला हँु’, मेरो घरको यस धारमा मेलम्चीको पानी कहिले आउँछ ? मेरो नेपाल । हाम्रो गौरवको ब्यानर राखेर हिँड्ने गरेकोे पनि सुनाए । 

उनले सरकारको काम कारवाहीप्रति असुन्तुष्टि जनाउँदै २०७६ को असारभित्र पनि मेलम्चीको पानी आउने अवस्था नदेखे सरकारले गर्नुपर्ने काम आफूले भिख मागेर भएपनि सम्पन्न गरी काठमाडौंमा पानी ल्याउने घोषणा समेत गरे । 

ठेकेदार कम्पनी र सरकारकोे बीचमा बेला–बेला उत्पन्न समस्याले आफूजस्ता लाखांै जनता पीडा बोकेर हिँड्नुपरेको उनको भनाई छ । कहिले मेलम्चीको ठेकेदार काम नै प्रभावित पारेर गएको र कहिले सिएमसीसँगको बिषयले सरकारले काम नभएको कारण देखाउदै आफूहरुको आँखामा छारो हाल्ने काम गरिरहेको उनको आरोप थियो । 

२० वर्षमा १३ जना प्रधानमन्त्रीले १९ पटक सरकार प्रमुखको जिम्मेवारी पाइसक्दापनि काठमाडौंबासीको काकाकुल मेट्न नसकेकोे उनको भनाई रहेको छ । 

‘के एउटा आयोजना सफल गर्नसक्ने सक्षम प्रधानमन्त्री देशले अहिलेसम्म नपाएकै हो त ? अहिलेसम्मका सरकार प्रमुखले चाहेको भए एउटा योजना सफल बनाउन कति समय लाग्छ ?’ –उनले आक्रोश पोखे । 

आफूजस्तै लाखौं घरकापरिवार अहिलेपनि ट्यांकरको पानीमा निर्भर रहँदै आएको बताउदै उनले सरकाले मेलम्चीको बिषयमा विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे ।

पानीको पाईप बिच्छ्याउने निहँुमा सरकारले बनेको बाटोमात्र तोडेर धुलाम्मे पारिरहेको तर पाईपबाट पानी नआएर सरकारले जनतालाई हावा खुवाईरहेको उनको आरोप छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप