बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भीआईपीको उपस्थितिमा लुम्बिनी भम्रण वर्षको शुभारम्भ गरियो (फोटोफिचर)

शनिबार, ०४ जेठ २०७६, १७ : १३
शनिबार, ०४ जेठ २०७६

बुटवल– गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा शनिबर २५६३ औं बुद्धजयन्ती विशेष कार्यक्रम गरी मनाइएको छ । 

 बुद्धजन्यन्तीको अवसर पारेर शनिबार नै लुम्बिनी भम्रण वर्षको औपचारिक शुभारम्भ गरिएको छ । भ्रमण बर्षको राष्ट्रिपति विद्यादेवी भण्डारीले गरेकी हुन् । 

औपचारिक शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यमन्त्री शंकर पोखरेल, विभिन्न पार्टीका नेताहरु, संघसंस्थाका प्रतिनिधि, भिक्षुहरुलगायतको सहभागिता रहेको थियो । 

२५६३औँ बुद्धपूर्णिमा मनाउन रुपन्देहीको लुम्बिनी आएका प्रधानमन्त्री ओली आज बिहानैदेखि कार्यक्रममा व्यस्त भए ।  बिहान उनले नयाँ लुम्बिनीग्राममा वृक्षरोपणको शुभारम्भ गरे ।  लुम्बिनीमा यो वर्ष दुई हजार ६४३ बिरुवा रोपिनेछ । 

बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धपूर्णिमा २५६३औं वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्षअघि भएकोले बुद्ध जन्मिएको २६४३ वर्ष पुगेको अवसरमा त्यति नै सङ्ख्यामा बिरुवा रोप्ने कार्यक्रम तय भएको हो । वृक्षरोपण शुभारम्भ गरेर प्रधानमन्त्री ओली मायादेवी मन्दिर परिसरबाट शान्तिदीपसम्म शान्ति र्यालीमा सहभागी भए ।    

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप