मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी भ्रमण वर्षको शुभारम्भ, लुम्बिनी गुरुयोजना छिटो पुरा गर्न राष्ट्रपतिको आग्रह

नेपाल अब हिंसाको बाटोमा होइन, बुद्धको बाटोमाः प्रधानमन्त्री ओली
शनिबार, ०४ जेठ २०७६, १६ : १२
शनिबार, ०४ जेठ २०७६

बुटवल– गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा शनिबर २५६३ औं बुद्धजयन्ती विशेष कार्यक्रम गरी मनाइएको छ । 

 बुद्धजन्यन्तीको अवसर पारेर शनिबार नै लुम्बिनी भम्रण वर्षको औपचारिक उद्घाटन गरिएको छ । भ्रमण बर्षको राष्ट्रिपति विद्यादेवी भण्डारीले गरेकी हुन् । 

  उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर्न सरकारको ध्यानार्कषण गराइन् । 

जापानी नागरिक टांगेले सन् १९७२ मा शुरु गरेको गुरुयोजना बनाउने कामको अध्ययन सन् १९७८ मा पूरा गरी सरकारलाई हस्तान्तरण गरेका थिए । तर ४१ वर्ष पूरा हुँदा पनि लुम्बिनी विकासको गुरुयोजना पूरा हुन सकेको छैन । अझै १२ प्रतिशत काम पूरा हुन बाँकी रहेको छ । 
 
राष्ट्रपति भण्डारीले कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र देवदहलाई एकापसमा जोड्न आग्रह गरेकी छन् । उनले लुम्बिनी गुरुयोजना पूरा नहुँदा विश्वभरका मानिसहरुलाई जोड्न नसकिएको  बताइन् । उनले भनिन्,  ‘लुम्बिनीलाई अन्य पर्यटकीय क्षेत्रसँग जोड्न पर्यटकीय परिपथ बनाउन पनि सकिन्छ । गौतमबुद्ध विमानस्थल निर्माणको काम छिटो सक्नुपर्छ ।’
 उनले प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेकोमा खुसी व्यक्त गरिन् ।

 

भ्रमण वर्षले प्रदेशमा विकासको ढोका खोज्ने खोज्ने विश्वास व्यक्त गरिन् । प्रदेश सरकारको अभियानले नेपाल भ्रमण वर्ष सफल बनाउन परिपूरक हुने पनि राष्ट्रपतिको भनाइ छ ।

 ‘यस्ता कार्यले देशको अर्थतन्त्रमा पनि टेवा पुर्याउन सक्छ । भौतिक संरचना निर्माण गर्दै स्थानीय श्रमको कदर गरिनुपर्छ, लुम्बिनीको विकास गरिनुपर्छ’ राष्ट्रपतिले भनिन् । 

राष्ट्रपतिले बौद्ध दर्शनलाई विश्वभर पुर्याउन लुम्बिनी विश्वविद्यालयलाई विभिन्न ज्ञान केन्द्रको रुपमा विकास गरिनुपर्ने धारणा राखिन् । 

विश्वभरका बौद्धमार्गीहरुलाई जाग्रति गर्न बुद्ध जयन्ती प्रेरणादायी हुने भन्दै राष्ट्रपतिले लुम्बिनी शान्ति, विकास र समृद्धिको आधार रहेकोको बताइन् ।   उनले स्वदेशी तथा विदेशी पर्यटकलाई लुम्बिनी भ्रमणको निम्तो समेत दिइन्। 

नेपाल बुद्धको बाटोमा हिँड्योः प्रधानमन्त्री
सो अवसरमा सम्बोधन गर्नै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब कहिल्यै हिंसाको बाटोमा नजाने बताएका छन् । 

लामो समय मुलुक द्वन्द्वमा अल्झिए पनि अब नेपाल शान्तिको बाटोमा अगाडि बढिसकेको ओलीको भनाई छ।  

 दुनियाँलाई शान्ति र सुमार्गको बाटोमा हिँडाउन बुद्धको मार्गले प्रेरित गरेको बताउँदै ओलीले भने, ‘हामी बुद्धको बाटोमा छौं । शान्ति प्रक्रिया टुंग्याउनका लागि पनि बुद्ध दर्शनको प्रभाव रह्यो ।’ 

उनले अर्को वर्ष बैशाख पूर्णिमालाई (बैशाख डे) को रुपमा मनाउने बताए । ‘आउँदो वर्ष वैशाख डे मनाउने अनुमति पाएका छौं । लुम्बिनीको विकास लागि मास्टर प्लान बनाएर लुम्बिनीलाई लुम्बिनी जस्तो बनाउनुपर्छ ।’

आफू प्रधानमन्त्री भएपछि लुम्बिनीको विकासले गति लिएको प्रधामन्त्रीले दावी गरे ।

 प्रधानमन्त्री ओलीले अब लुम्बिनीको व्यापक विकास  हुने दावी पनि गरेका छन् ।  उनले भने, ‘लुम्बिनीलाई पवित्रस्थल, स्वच्छ, सफा, हराभरा, पुण्डभूमि, ध्यान र ज्ञानभूमि बनाउछौ ।’ 
सरकारको ध्यान ग्रेटर लुम्बिनीतर्फ गएको बताउँदै प्रधानमन्त्रीले कपिलस्तुलाई फरक ढंगले विकास गरिनुपर्ने बताए । 

लुम्बिनी विश्व शान्ति र बुद्ध दर्शनको मुहान भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘अब लुम्बिनीमा सिसौ होइन । फलफूल लगाउँछौ । लुम्बिनीको विकासलाई तिब्रता दिन्छौ ।’ बुद्ध दर्शन कसैको अहितमा नरहेको र सबैका लागि बुद्ध दर्शन उपयोगी रहेको प्रधानमन्त्रीको भनाइ छ ।  

आफू केही दिन अगाडि भेतनाम जाँदा त्यहा १६ औ अन्तर्राष्ट्रिय वैशाख दिवस आयोजना गरिएको स्मरण गर्दै प्रधानमन्त्रीले महामानव बुद्धलाई विश्वले भगवानको रुपमा मानेको बताए । ‘उहाँप्रति श्रद्धाभाव व्यक्त गर्दछु । मानव जातिले पैदा गरेको सन्तानहरु मध्ये सिद्धार्थ गौतम महान व्यक्ति हुनुुहुन्छ’ ओलीको भनाई छ । 

 बुद्धको जन्मथलो कहाँ भन्नेमा विवाद नरहेको उल्लेख गर्दै ओलीले सम्राट अशोकले बुद्ध लुम्बिनीमा जन्मिएका थिए भनेर स्तम्भ तयार गर्नुले नै उनी लुम्बिनीमै जन्मिएको प्रमाणित गरेको बताए । 
समारोहमा सहभागि हुन ओली शुक्रबार नै लुम्बिनी आएका थिए । राष्ट्रपतिको भने आजै आवागमन भएको हो । 

समारोहको क्रममा विभिन्न व्यक्ति र सष्ट्राहरुलाई सम्मान समेत गरिएको छ । 

बुद्ध जयन्ती असवरमा शुक्रबार सुजात खिर महोत्सव राखिएको थियो । आज मूल समारोह र भोलि  मायादेवी प्रस्तुति उत्सव मनाइने लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव  सरोज भट्टराईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप