बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

दुई संसदीय समितिको विवाद मिलाउन सभामुखको हस्तक्षेप

आइतबार, २२ साउन २०७४, १७ : ३१
आइतबार, २२ साउन २०७४

काठमाडौं– ब्यवस्थापिका संसद अन्तर्गतको विभिन्न समितिहरुले एउटै विषयमा छलफल गर्ने मात्र होइन, फरक फरक निर्णय गर्ने गरेका छन् । फरक फरक निर्णय गर्दै समितिले एउटै विषयमा अलग अलग निर्देशन दिने काम भएपछि संसदीय समितिहरुबीच नै विवाद देखिएको छ । 

संसदीय समितिहरुबीच विषय जुध्ने र फरक फरक निर्देशन दिने काम भएपछि पटक पटक छलफल भए पनि समिति आ–आफ्नै किसिमले चल्ने गरेका छन् । पछिल्लो पटक आयल निगमका जग्गा खरिद प्रकरण सम्बन्धमा संसदीय समितिहरुबीच नै विवाद बढेको छ । 

सार्वजनिक लेखा समितिले आयल निगमको जग्गा खरिद प्रक्रियालाई अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार नै गरेको थियो । सार्वजनिक लेखा समितिले निगमको जग्गा खरिद प्रक्रियामा आफ्नो क्षेत्राधिकार नाघेर काम गरेको भन्दै उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आपत्ति जनायो । संसदीय दुई समितिबीच नै विवाद भएपछि सभामुख ओनसरी घर्ती आफैले हस्तक्षेप बढाएकी छन् । 

‘संसदीय समितिहरुका बीचमा विषय जुध्ने र फरकफरक निर्देशन दिने भइरहेको छ । हुन नदिन पटकपटक छलफल भए । तर, दोहोरियो । फेरि संयुक्त छलफल गर्दैछु ।’–सभामुख घर्तीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेकी छन् । 

दुई समितिबीचको विवाद मिलाउन सभामुख घर्तीले दुवै समितिसँग छुट्टाछुट्टै र संयुक्त छलफल गरेकी छन् । तर दुई समितिको विवाद भने टुंगिएको छैन । 

याे पनि पढ्नुस्ः
क्षेत्राधिकारको विषयमा संसदीय समितिबीच विवाद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप