भारतमा बस दुर्घटना : ५ जनाको मृत्यु, ३० घाइते
शनिबार, ०४ जेठ २०७६, १३ : ४३
भारतको लखनउ-आगरा राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको एक बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
सो राजमार्ग अन्तर्गतको देवखरीमा भएको सो दुर्घटनामा परी अन्य ३० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
दिल्लीबाट यात्रु लिएर बिहारतर्फ गइरहेका अवस्थामा ट्याक्टरको ट्रलीमा ठोक्किएर बस दुर्घटनामा परेको बताइएको छ ।
घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको अधिकारीहरुले जनाएका छन् ।
घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
-
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा
-
नेपालले पाँचौँ विकेट गुमायो, दीपेन्द्र पाँच रन बनाउँदै आउट भए
-
पासवर्ड बाँडेर चलाउन रोकेपछि बढ्यो नेटफ्लिक्सको मुनाफा
-
तीन रनमै पेभेलियन फर्किए कुशल मल्ल