मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भोलि खण्डग्रास चन्द्रग्रहण लाग्ने, कुन राशि भएकालाई के हुन्छ ?

आइतबार, २२ साउन २०७४, १७ : २७
आइतबार, २२ साउन २०७४

काठमाडौं–सोमबार खण्डग्रास चन्द्र ग्रहण लाग्ने भएको छ । रातको ११ बजेर ०७ मिनेटमा स्पर्श गर्ने चन्द्र ग्रहण रातको १२ बजेर ०६ मिनेट जाँदा मध्य हुनेछ भने रातको १ बजेर ४ मिनेट जादा मोक्ष वा सकिनेछ ।


 खण्डग्रास  चन्द्रग्रहण लाग्दा मेष राशिलाई सुख, बृषलाई मान नास,मिथुनलाई कष्ट,कर्कटलाई स्त्रीपीडा,सिंहलाई सुख,कन्यालाई चिन्ता, तुलालाई व्यथा,बृश्चिकलाई श्रीप्राप्ती,धनुलाई क्षति,मकरलाई घात,कुम्भलाई व्यय र मीनलाई लाभ हुनेछ । श्रवण नक्षत्रमा जन्म लिने व्याक्ति तथा मकर राशिका व्याक्तिहरुलाई अति कष्टको फल दिने ज्योतिषि डिपी भण्डारीले जानकारी दिएका छन् । 


ग्रहण लाग्ने दिन भोली श्रवण २३ गते सोमबार दिनको २ बजेर ०७ मिनेटदेखि बाल,बृद्ध र बिरामीलाई बाहेक अरुले भोजन गर्न नहुने पनि ज्यातिषिहरुले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप