गजलः मायामा भिखारी भएर आयो
शनिबार, ०४ जेठ २०७६, ११ : ३५
विष्णुप्रसाद आचार्य ‘अतृप्त’
सबै सुम्पिई मायामा भिखारी भएर आयो
आफ्नै हाल सम्झेँ, मन भारी भएर आयो
खुब पसिना बगायो साहूकोमा काम गर्दा
अहिले अह्राउँछ मात्र, सरकारी भएर आयो
चराको बिस्टाबाट जीवन पाएको हो जसले
त्यही पीपल आज ठूलो चौतारी भएर आयो
हातमा तरबार लिई वधशाला पसेको मान्छे
निस्कँदा रुद्राक्ष जप्दै, सदाचारी भएर आयो
नदी कटानमा परिसकेको यो फूलबारीमा
आयो कोही यसबेला, हजारी भएर आयो ।
तारकेश्वर नगरपालिका–२, काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार