शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाले पोखरा र इटहरीमा अस्पताल बनाउने

आइतबार, २२ साउन २०७४, १७ : २१
आइतबार, २२ साउन २०७४

काठमाडौं– नेपाली सेनाको सैनिक कल्याणकारी योजना निर्देशनालयले पश्चिमाञ्चलको पोखरा र पुर्वाञ्चलको ईटहरीमा क्षेत्रिय अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ । संघीय संरचनामा मुलुक गईसकेको अवस्थामा आफ्ना सुविधालाई पनि सोही अनुसार विकेन्द्रित गदैै लैजाने उद्देश्यका साथ निर्देशनालयले चालु आर्थिक बर्षमा पोखरा र ईटहरीमा क्षेत्रिय अस्पताल बनाउन लागेको हो । 

सैनिक मुख्यालय भद्रकालीमा आईतबार पत्रकार सम्मेलन गरी निर्देशनालयले यस्तो जनाएको हो । त्यसैगरी सर्वसाधरण तथा जेष्ठ नागरिक समेतलाई निशुल्क स्वास्थ्य परीक्षण सुविधा उपलब्ध गराउने गरी निर्देशनालयले काठमाण्डौको शंखमूलमा सामूायिक चिकित्सा केन्द्र भवन निर्माण गर्ने भएको छ ।  

सैनिक कल्याणकारी कोष अन्र्तगत ६ वटा सैनिक आवासिय महाविद्यालय, २ सैनिक महाविद्यालय, १ छात्राबास तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान अन्तरगत चिकित्साशास्त्र महाविद्यालय र नर्सिङ्ग महाविद्यालय संचालनमा छन् ।

 कोषले निकट भविश्यमा कलेज अफ मेडिकल पोलिटेक्नीक संचालनमा ल्इाउने योजना पनि लिएको छ । कोषले वहालवाला र सेवानिवृत्त सैनिकहरुका लागि स्वास्थय विमा, दुर्घटन विमा, सहुलियत ऋण , पारिवार आवास सहुलियत लगायत सेवा प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप