केन्द्रीय संस्करण
बुद्ध पूर्णिमा

बुद्धको शिक्षा र लोकतन्त्रमा सामन्तयुगीन हुकुमी शैली र तामझामको निरन्तरता

सगरमाथा र बुद्ध/बुद्ध र सगरमाथा

person explore access_timeजेठ ४, २०७६ chat_bubble_outline0
https://www.welcomenepal.com

सगरमाथा र बुद्ध, दुवै उँचाइका कीर्तिमान । एक प्राकृतिक उँचाइको प्रतिमान र अर्को विश्वमान्य दार्शनिक महात्मा । यी दुवै हामी नेपालीले जन्मजात उपहारका रुपमा पाइएका उपलव्धि, पहिचान र सम्मान । यसै त हामी पहिचानको संकटमा छौं । बडेबडे मुलुकका बीचमा च्यापिएका हामीसित उद्योग इलम छैन, बन्दव्यापार छैन । उच्च मूल्यांकन लायक मानवीय सिर्जनाहरु छैनन् । विश्वविख्यात महाविद्यालय, विश्वविद्यालयहरु छैनन् । ऐतिहासिक प्राकृतिक सम्पदाहरु छन् , ती आफै बोल्दैनन् । कुनै पनि पाटोबाट मुलुकको नाम समुज्ज्वल बनाउन सकिएको छैन । यो यस्तो स्थितिका हामी मुलुकबासीले विदेशमा  अपरिचतहरुबीच चिनिनुपर्दा के भनेर चिनिने ? हामीलाई विदेशमा पहिचान दिनुपर्दा ‘म सगरमाथाका देशको  नागरिक हूँ’ भन्नुपर्‍या छ, ‘म बुद्धका देशको नागरिक हूँ ’भन्नु पर्‍या छ । कहिले त आँगमा ‘बुद्ध नेपालमा जन्मेका हुन्’ लेखेको भोटो नै पनि भिर्नुप¥या छ । तर सगरमाथा र बुद्धप्रति सम्वेदनशील बन्नुप¥या छैन । सगरमाथाको स्वास्थ्य र बुद्धको शिक्षाप्रति सम्वेदनशील बन्नुपर्‍या छैन । हाम्रा सत्तासीनहरुलाई मुलुक निचोरेर मधुपान गर्न पाइएकोमै हाइसन्चो छ । यस्ता सम्वेदनशील क्षेत्रमा आवश्यक सत्कार्य केही गर्नुपर्‍या छैन ।

हामीले आफ्ना क्रियाकलापबाट देश विदेशमा हाम्रा कीर्तिमानहरुको प्रतिष्ठा बढायौं कि यथाशक्य दोहन केवल दोहन मात्र गर्‍यौं यो आजका सत्तासीनहरुले अद्यावधिक खाता हेरेर इमानदारीका साथ हिसाव निकाल्नै पर्ने कुरा हो । निक्र्यौल गर्नै पर्ने कुरा हो । ‘हामीले डलर असुलेर देशी विदेशी धेरैलाई पवित्र सगरमाथाका काँध र टाउकामाथि चढायौं । मानिससँगै तिनका नाना थरीका फोहर पनि सगरमाथा चढायौं । हामी डलरप्रति त हुनसम्मै हुरुक्क भयौं सगरमाथाको स्वास्थ्यप्रति  यसको वातावरणीय सुन्दरता र पवित्रताप्रति भने किन्चित् पनि सम्वेदनशील हुन सकेनौं । यतिसम्म अन्याय अत्याचार गर्ने अधिकार हामीलाई सगरमाथाले कहिले दिएछ ? प्रकृति तथा पर्यावरण विधानले कहिले दिएछ हामीलाई यो अधिकार ?  यो घोर अन्याय अत्याचारको, यो सम्वेदनहीनताको हर्जाना पनि कुनै दिन हामीले तिर्नुपर्ला कि ? नतिरी यसै चल्ला ?’ यो हाम्रा सत्तासीनहरुले चिन्तन मनन गर्नैपर्ने कुरा हो । यसमा आजका कम्युनिष्ट शासकहरु के भन्छन्, प्रधानमन्त्री ओली के भन्छन् ? हामी जनतालाई सुन्नुपर्‍या छ ।

हिलारीलाई लिएर तेन्जिंग शेर्पा चढिदिँदैमा सगरमाथा सगरमाथा बनेको त हैन । एभरेस्टले नापिदिएरै मात्र सगरमाथा सगरमाथा बनेको पनि त हैन । सगरमाथाको उँचाइ कसैले कुल्चिदिनकै लागि पनि त हैन । उँचाइको बोधपरक लाक्षणिक महत्व त छँदै छ । हामी नेपालीका लागि सगरमाथाको धार्मिक सांस्कृतिक पौराणिक महत्व पनि छ ।

हिलारीलाई लिएर तेन्जिंग शेर्पा चढिदिँदैमा सगरमाथा सगरमाथा बनेको त हैन । एभरेस्टले नापिदिएरै मात्र सगरमाथा सगरमाथा बनेको पनि त हैन । सगरमाथाको उँचाइ कसैले कुल्चिदिनकै लागि पनि त हैन । उँचाइको बोधपरक लाक्षणिक महत्व त छँदै छ । हामी नेपालीका लागि सगरमाथाको धार्मिक सांस्कृतिक पौराणिक महत्व पनि छ । प्राचीनमध्येको मानिने मत्स्यपुराणमा नौबन्धका नाममा उल्लिखित सगरमाथा पुराणप्रसिद्ध भयङ्कर जलप्रलयको साक्षी पनि त हो । यसका टाउकामा निरन्तरको लातै लात किन ?

हामीले हाम्रा विश्वविख्यात महात्मा बुद्धमाथि पनि न्याय गरेका छैनौं । विश्वका बौद्ध जनहरुका लागि लुम्विनीको माटो सूनभन्दा मूल्यवान् र पवित्र छ । हामीले त्यसै लुम्बिनीको पनि गर्नुपर्नेजति हिफाजत गरेका छैनौँ । लुम्बिनी परिचायक प्राचीन अशोक स्तम्भ पनि आवश्यक संरक्षण नपाएर ढल्दो अवस्थामा छ । अरुले बनाइदिएका संरचनामा मक्ख पर्नु र नाक फुलांउनु बाहेक लुम्विनीमा हाम्रो सिर्जना अलग्गै के छ ? सुरु गरिएको एउटा विश्वविद्यालय पनि सुचारु रुपले संचालित हुन सकेको छैन ।

नेपालमा बुद्धका आधारभूत शिक्षाहरुको पनि अनुशरण नहुनु विडम्बना नै हो ।

“अत्तानं दमयन्ति सुब्बता  अर्थात् गुणवान्हरु आफुलाई आफै नियन्त्रण गर्छन् । (धम्म्पद १४५) ।” हाम्रा सत्तासीनहरुले बुद्धको यो एउटै सूत्रमात्र पनि अनुशरण गरिदिएका भए मुलुकमा भ्रष्टाचारका खहरेमा बाढी आइरहने थिएनन् ।

“परात्महितमोक्षार्थः संक्षेपाद् बुद्धशासनम् अर्थात् अर्काको हित गर्नु र अर्कालाई दुःखबाट छुटकारा दिलाउनु नै बुद्धधर्म हो – महायान सूत्रालंकारः ।” सत्तासीनहरुले यसै सूत्रको मात्र मनन गरिदिएको भए पनि नेपाली जनताले आज यतिसम्मको  विचलित अवस्थामा पुग्नु पर्ने नै थिएन ।

बुद्धले चार महान् सत्य र आठ मुक्ति मार्गका विषयमा दिनु भएको सारनाथ प्रवचन नेपाल र नेपालीको सांस्कृतिक सम्पत्ति हो । जीवनमा आज पनि यसको सार्थक महत्व छ । बुद्धले आफ्नै शिक्षालाई पनि विना छानवीन नअपनाउन सल्लाह दिनुभएको हामी बौद्ध साहित्यमा पढ्न पाउँछौं । बुद्धको जीवन र प्रवचनबाट हाम्रा आजका शासकहरुले पनि लोकतान्त्रिक बोलीवचन र आचरण सिक्नुपथ्र्यो । सिकेको देखिएन ।

बुद्ध भन्नुहुन्थ्यो, “नयाँ भनेको पुरानोको पुनरावृत्ति वा पुरानो कै निरन्तरता होइन (डायलग्स अफ द बुद्ध) ।”

 हामीकहाँ सत्तासीनहरुले नयाँ नेपालको नयाँ लोकतान्त्रिक पद्धति भन्दै आज पनि सामन्तयुगीन हुकुमी शैली, र तामझामलाई नै निरन्तरता दिएको देख्न परिरहेको छ ।

नेपालमा आज पनि बुद्धपूर्वका व्राह्मणबादको भूत कायम छ । नेपालमा आज पनि सत्तासीनहरु आफै आफ्नो मर्यादाक्रम निर्धारण गर्छन् र सलाम खान्छन् । सार्वभौम भनिएका जनताको कुनै मर्यादा छैन ।

बुद्धको जीवन सरल र उद्देश्यपरक थियो । वहाँ भन्नुहुन्थ्यो, “मानिसलाई जन्म, जात र वर्णका आधारमा होइन उसका क्रियाकलापका आधारमा मूल्याङ्कन गरिनुपर्छ । असल चरित्र र असल क्रियाकलापबाट मानिस उत्कृष्ट बन्छ, खराव चालचलन र कामले मानिस उत्कृष्ट बन्दैन , नीच बन्छ । म कसैलाई निश्चित कुलमा जन्मनुका आधारमा व्राह्मण मान्दिनँ, त्यस्ता जन्मजात मानिनेहरु प्रायः धनी र घमण्डी हुन्छन् । जो लोभ लिप्साबाट मुक्त छ, जो जीवनको ठीक र गलत बाटो पहिचान गर्न सक्छ, विवेकी र वुद्धिमान् छ, उच्चतम लक्ष प्राप्त गर्नसक्छ, त्यसलाई भने निःसन्देह म व्राह्मण मान्छु (धम्मपद)।” नेपालमा आज पनि बुद्धपूर्वका व्राह्मणबादको भूत कायम छ । नेपालमा आज पनि सत्तासीनहरु आफै आफ्नो मर्यादाक्रम निर्धारण गर्छन् र सलाम खान्छन् । सार्वभौम भनिएका जनताको कुनै मर्यादा छैन ।

जनतालाई आह्वान गर्दै महात्मा बुद्ध भन्नुहुन्थ्यो, “सुनेका कुरामा विश्वास नगर, परम्परागत भनेर पनि विश्वास नगर, धेरैजसो मानिसहरु यसै भन्छन् भन्ने आधारमा जनश्रुतिलाई पनि विश्वास नगर, प्राचीन ऋषिमुनिले भनेका थिए रे जस्ता आधारमा पनि विश्वास नगर, अग्रजहरु र गुरुहरुले भनेका थिए भन्ने आधारमा पनि विश्वास नगर, कुनै पनि कुरा आफैले अध्ययन मनन गरेर, जाँचेर बुझेर विश्लेषण गरेर हेर्दा सही छ, तर्कसंगत छ,, त्यसले साँच्चिकै सही बाटो देखाउँछ, र समाज सवैका लागि लाभदायक छ भने मात्र त्यसलाई तिमी आचरणमा उतार (कलाम सूत्तः अंगुत्तर निकाय १, १८९, ९०)।”

हाम्रो नेपालमा सत्तासीनहरु त आज पनि हावादारी नै छन् । हामी जनताले भने बुद्धका यी यस्ता शिक्षाबाट लाभान्वित हुन बिर्सनुहुँदैन ।

यी बुद्धशिक्षाका सांङ्केतिक झलक मात्र हुन् । मूलतः बुद्धले हरेक क्षण सचेत रहेर आफ्ना काम र मनसायको मूल्याङ्कन गर्दै अगाडि बढ्न सल्लाह दिनुभएको छ । विपश्यना भनेकै आफ्नो अन्तरमा प्रवेश गरेर आपूmले आफैलाई हेर्नु बुझ्नु हो । आपूmप्रति निरन्तर आलोचनात्मक सतर्कता भाव राख्न सिकाउने बुद्ध शिक्षा सर्वथा जीवनोपयोगी छ । यसको यो पक्ष कम्युनिष्टहरुको आत्मआलोचनापद्धतिसँग पनि धेरथोर  मिल्छ ।

नेपालमा जुनसुकै नामका सत्तासीनहरुबाट पनि बुद्धको दोहन मात्र भएको छ, बुद्धशिक्षाको किन्चित् पनि सम्मान भएको छैन । बुद्धप्रति आस्था राख्ने समाज र व्यक्तिहरु हम्रा सत्तासीनहरुको दोहकप्रवृत्ति देखेर दुःखित रहेका हुन सक्छन् । बौद्ध पर्यटकहरु नै पनि पर्यटनक्रममा दुःखी बन्ने गरेका हुनसक्छन् ।

नेपालमा जुनसुकै नामका सत्तासीनहरुबाट पनि बुद्धको दोहन मात्र भएको छ, बुद्धशिक्षाको किन्चित् पनि सम्मान भएको छैन । बुद्धप्रति आस्था राख्ने समाज र व्यक्तिहरु हम्रा सत्तासीनहरुको दोहकप्रवृत्ति देखेर दुःखित रहेका हुन सक्छन् । बौद्ध पर्यटकहरु नै पनि पर्यटनक्रममा दुःखी बन्ने गरेका हुनसक्छन् ।

सगरमाथाको उच्चता र बुद्धका महानताको संसारले सम्मान गरेको छ । हाम्रा सत्तासीनहरुले पनि प्राकृतिक उच्चता र चारित्रक महानताको सम्मान गर्न सिकुन् र सगरमाथालाई धनवान्हरुको क्रीडाक्षेत्र र लुम्बिनीलाई अन्तर्राष्ट्रिय भिक्षापात्र मात्र नबनाउन्, तिनको  साँच्चिकै जगेर्ना पनि गरुन् भन्ने हामी जनताको आकाङ्क्षा हो ।

खुसीको कुरा, सत्तासीनहरुका छेपारे प्रवृत्तिका बावजूद आधारभूत  नेपाली जनजीवनले भने आफ्ना सांस्कृतिक एवम् चारित्रिक धरोहर महात्मा  बुद्धको योगदानलाई कहिल्यै बिर्सेको   छैन ।  नेपाली जनता आफ्ना धरोहर महात्मा बुद्धप्रति आज पनि त्यत्तिकै कृतज्ञ छन् । महात्मा बुद्धको सम्झनामा बुद्धजयन्तीलाई पर्बदिनका रुपमा मनाउनेहरुको सङ्ख्या नेपालमा आज पनि ठुलो छ ।

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...