एसिया कप ह्वील चेयर क्रिकेट: भारत र पाकिस्तान फाइनलमा
शुक्रबार, ०३ जेठ २०७६, १९ : ४२
काठमाडौं– भारत र पाकिस्तान एसिया कप ह्वील चेयर टी—२० चियर क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । टियु मैदान किर्तिपुरमा शुक्रबार भएको लिगको अन्तिम खेलमा भारतले बंगलादेशलाई ३० रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारत समूह विजेता र पाकिस्तान उपविजेताको रुपमा फाइनल पुगेका हुन् । समूहमा अपराजित भारतले ६ अंक बनायो ।
पाकिस्तानले चार अंक जाोड्यो । दुई अंक बनाएको बंगलादेश र अंक बिहिन नेपाल प्रतियोगिताबाट बाहिरिए । नेपाल सुक्रबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग एक सय ३० रनले पराजित भयो । फाइनल खेल शनिबार हुनेछ ।