शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा सुरक्षा कारबाहीमा ४६ लडाकू मारिए

आइतबार, २२ साउन २०७४, १७ : १७
आइतबार, २२ साउन २०७४

काबुल – अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी ३४ जना तालिवान लडाकूको मृत्यु भएको छ । अफगान प्रहरीले चलाएको विषेश सुरक्षा कारबाहीको अभियानमा उनीहरु मारिएको र थप २९ जना घाइते भएको गृह मन्त्रालयले आइतबार जनाएको छ ।

बाघ्लान प्रान्तको मर्काजी जिल्लामा प्रहरीले विषेश सुरक्षा इकाइको रुपमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको बताएको छ । तालिवान विरुद्धको सुरक्षा कारबाही शृङ्खलाबद्ध तरिकाले भइरहेको छ । 

पछिल्लो पटक दुई दिन अघिदेखि सुरु भएको तालिबान विरुद्धको कारबाही विभिन्न स्थानमा १६ भएको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । त्यसैगरी अफगानिस्तानकै दूई ओटा उत्तरी प्रान्तमा भएका छुट्टाछुट्टै सुरक्षा कारबाहीमा अरु १२ जना लडाकू मारिएको अधिकारीले आईतबार जानकारी दिएका छन् । 

बाडाख्सन प्रान्तको राघिस्तान जिल्ला अन्तर्गत पर्ने क्वार्सका र गार्डानाका सुरक्षा चौकीमा लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले जवाफी कारबाही गरेका थिए । सो कारबाहीमा छ जना मारिएको र अरु तीन जना घाइते भएको स्थानीय प्रहरी प्रवक्ता महाफोजुल्लाह अकबरीले जानकारी दिनुभयो । 

शनिबार मध्यरातमा भिडन्त अन्त्य भएको र भिडन्तमा कुनै नागरिक तथा सुरक्षाकर्मीको मृत्यु नभएको उहाँले बताउनुभयो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप